२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको विधान महाधिवेशनका लागि प्रश्तावित संशोधन प्रश्ताव ठिक छः महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको केन्द्रिय कमिटीले तयार पारेको दोस्रो विधान महाधिवेशनका लागि प्रश्तावित विधान संशोधन प्रश्ताव ठिक रहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा पार्टीका विभिन्न जनवर्गीय संगठन र कमिटीहरुले बुझाएको सुझावलाई ग्रहण गर्दै उहाँले सञ्चारकर्मीमाझ सो दाबी गर्नुभएको हो ।

महासचिव पोखरेलले पार्टीको नवौं केन्द्रिय कमिटी बैठकले सुझावका लागि मातहतको कमिटीहरुलाई पठाएको सो प्रश्तावित संशोधन प्रश्ताव सैद्धान्तिक र आधारभुत दुवै रुपमा सही रहेको र त्यसमा सम्बन्धित पक्षले आफूहरुको हितमा केन्द्रित भएर सुझाव दिएको पनि जानकारी दिनुभयो । पार्टीका युवा, महिलालगायतका सम्बन्धित वर्ग र समुदायले आफूहरुको हितमा जोड दिएर सो प्रश्तावित विधान संशोधनका लागि रायहरु आएको पनि महासचिव पोखरेलको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रश्तुत गरिने विधान संशोधन प्रश्ताव तयार गरेर मातहत कमिटीहरुमा छलफलका लागि पठाएको थियो ।  र त्यो छलफलबाट प्राप्त भएका सुझावहरु केन्द्रिय कार्यालयमा पठाउने क्रमको आज अन्तिम दिन बनाउन खोजिएको छ । त्यस अर्थमा आज देखिराख्नुभएको छ । आज संघसंघठन र पार्टी कमिटीहरुले आफ्नो तर्फबाट विधानको सन्दर्भमा सुझावहरु प्रस्तुत गर्ने काम गरिरहनु भएको छ । र, अधिकांश संगठनहरुले पार्टी केन्द्रिय कमिटीले तयार गरेको प्रश्ताव आधारभुत रुपमा र सैद्धान्तिक रुपमा ठिक रहेको र, आफ्नो समुदायको सन्दर्भमा र वर्गका सन्दर्भको बारेमा सरोकारका विषयहरुलाई सम्बोधन गरियोस् भन्ने कुरालाई जोड दिएको अवस्था छ । त्यस अर्थमा आफ्नो समूदायको हित र सरोकारका विषयमा केन्द्रित भएर सुझावहरु दिनुभएको छ । युवा संघले युवाहरुको प्रतिनिधित्वमा जोड दिएको छ । अनेमसंघले महिलाहरुको प्रतिनिधित्वमा जोड दिएको छ । यसै प्रकारले आफ्नो समुदायको हितको सन्दर्भमा जोड दिएर सुझावहरु दिनुभएको छ ।’

एमालेको सो विधान महाधिवेशन यही भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराईज हलमा हुँदैछ । महाधिवेशनमा प्रतिनिधि र आयोजक गरी कुल २ हजार ३ सय ७८ सहभागी हुने बताइएको छ । त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि ८ वटा उपसमिति बनाएर तयारीको कामलाई तिब्रता दिइएको एमालेले जनाएको छ ।