१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँक्रा बिक्री नभएपछि…



अ+ अ-

सुर्खेत । भेरी नगरपालिका–१ कालेगाउँका धनबहादुर खत्रीले बिहानै आफूभन्दा बढी तौलको काँक्राहरु डोकोमा बोकेर ल्याउने गर्नुहुन्छ । बिहानै ५ बजे सदरमुकाम खलङ्गामा पुगे पनि उहाँले ल्याएका काँक्रा प्रतिकिलो रु २० मा पनि बिक्री नहुँदा आफू मर्कामा परेको खत्रीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “म ५० केजीको छु, तर मैले बोकेको यो डोकोभरिका काँक्राहरु ५५ केजी छन् । यति दुःख गरेर बिहानै खाली पेट सदरमुकाम ल्याएर आउँदा पनि रु २० मा बिक्री हुँदैन ? अब घरमा लगेर भैँसीलाई खुवाउनुपर्ला ।”
 
यहाँ काँक्रा मात्र होइन, फर्सी र सिमीको मूल्यमा पनि अहिले भारी गिरावट आएको छ । भेरी नगरपालिका–५ बाट दैनिक बोकेर तरकारी सदरमुकाम ल्याउने गीता घर्तीको पीडा पनि कम छैन । उहाँ भन्नुहुन्छ, “तरकारी टन्नै फलेको छ । बजारसम्म लिने सवारी साधन बन्द गरिएको छ । बोकेर ल्याएको तरकारीले मूल्य पाउनै छोड्यो ।” लकडाउन नभएको समयमा कालेगाउँ, मटेला र इवरमा फलाएको तरकारी रुकुमपश्चिम चौरजहारी, सल्यानको सल्लीबजारसम्म ल्याएर बिक्री गरिँदै आएको घर्तीले बताउनुभयो ।
 
जिल्लाको आन्तरिक बजार रिम्ना, कालीमटी, फेरा र छेडामा लगेर समेत बिक्री गरिँदै आएको कृषक बताउँछन् । अहिले बजार सुनसान छन्, कहाँ लगेर बिक्री गर्नेु रु कालेगाउँका कृषक दलबहादुर खत्रीले प्रश्न गर्नुभयो । “बोक्ने तागत भएकाहरु डोकोमा बोकेर बिक्री गर्छन्”, उहाँ भन्नुहुन्छ, “नसक्नेले घरमै गाई, भैँसी र गोरुलाई खुवाउने काम भएको छ ।” सदरमुकाममा अधिकांश तरकारी पसलहरु बन्द भएकाले तरकारी खपत हुन छाडेको छ ।

लकडाउनभन्दा अघि प्रतिकेजी रु १०० मा बिक्री भइरहेको सिमी अहिले रु ४० मा बिक्री भइरहेको छ । त्यस्तै प्रतिकिलो रु १०० मा बिक्री हुने बन्दा अहिले रु २० मा बिक्री भइरहेको छ । प्रतिकेजी रु ४० मा बिक्री हुने आलू अहिले रु ८० मा समेत नपाउने गरेको छ । आलुको मात्र भारी मूल्यवृद्धि भएको छ भने अन्य तरकारीको मूल्यमा भारी गिरावट आएको छ ।
 
जिल्लाको जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिकाको पाँचकटियामा उत्पादन भएको आलु सदरमुकामसम्म ल्याउन नसक्दा बाहिर जिल्लाबाट आएको आलुको मूल्य आकासिएको हो । दैलेखबाट आएको आलु अत्यधिक महङ्गोमा बिक्री भए पनि सो समेत नपाउने अवस्था रहेको व्यापारी बताउँछन् । सदरमुकाममा अधिकांश मानिस लकडाउनका कारण गाउँगाउँमा पुगेका छन् । सदरमुकाम आएर व्यापार गर्नेहरु सबै गाउँतिर गएका कारण सदरमुकाम थप सुनसान भएको हो । भेरी नगरपालिकाले सबै वडामा पकेट क्षेत्र घोषण गरेर कृषकलाई उन्नतजातको बीउ वितरणसँगै प्राविधिक सहयोग गरेपछि उत्पादनमा भारी सफलता पाएका कृषक आफूले उत्पादन गरेको तरकारीले बजार नपाउँदा हैरान भएको बताउँछन् ।

लकडाउन नहुँदा यहाँका तरकारी नेपालगञ्ज, सुर्खेतका मण्डीसम्म लगेर बिक्री हुने गरेको थियो । जाजरकोटको तरकारी भन्नबित्तिकै सहज रुपमा बिक्री हुने गरेको कृषकको भनाइ छ । जाजरकोटको सबै तरकारी कुशे लद्यु घरेलु उद्योगले जम्मा गरेर जिल्ला बाहिर तथा जिल्लाभित्रै बिक्रीका लागि लैजाने गरेका भए पनि लकडाउनका कारण अहिले सो काम ठप्प हुँदा थप समस्या भएको हो ।
 
त्यस्तै घरघरमा दूध बिक्रीका लागि ल्याउन थालिएको छ । दूध डेरीमा गएर दूध ल्याउनेका सङ्ख्य कम भएपछि अहिले घरघरमा दूध बिक्रीका लागि ल्याउन थालेको भेरी नगरपालिका–२ बाहुनथानका कमल खत्रीले जानकारी दिनुभयो । दहीसमेत सोही तरिकाले बिक्री गरिरहेको उहाँको भनाइ छ ।