२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदाचार नीतिको मस्यौदाप्रति वामदेवको आपत्ति



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सदाचार नीतिको मस्यौदा लोकतन्त्रमा आधारित समाजवादउन्मुख नभएको भन्दै आपत्ति जनाउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सदाचार नीतिको मस्यौदामाथिको छलफलमा बोल्दै यस्तो आपत्ति जनाउनुभएको हो ।

उहाँले स्पष्ट संरचना समेत नभएको कारण कुनैपनि हालतमा यो सदाचार नीति लागू गर्न नमिल्ने जिकिर गर्नुभयो । उहाँले सदाचार नीतिबाट आफूले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण होस् भन्ने चाहेको उल्लेख गर्नुभयो । उहाँले बाघ भगाउन बम पड्काउनुपर्ने भन्दै भ्रष्टचारीलाई कारबाही गर्नेबारे नीतिमा कहाँ उल्लेख छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले संविधानमै लोकतन्त्रमा आधारित समाजवाद उल्लेख गरिएपनि नेताहरुले व्यवहारमा लागु गर्न नसकेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो सदाचार नीतिबाट हामीले के चाहेका छौं भने भ्रष्टाचार समाप्त होस् । यो नीतिबाट स्वर्गमा कस्तो हुन्छ भन्ने सुन्छौं त्यो सबै प्राप्त गर्न सकियोस् भन्ने तरिकाले आएको छ । यो कुनैपनि हालतमा लागु हुदैन । लागू हुँदैन, हुँदैन, हुँदैन । बाघले गाईवस्तु र बाख्रा मारेको छ, मान्छेमाथि पनि आक्रमण गरेको छ । अब बाघ भगाउनको निम्ति बम पड्काउनुपर्छ । तर चराले धेरै नोक्सान गर्यो भन्ने हो भने केही  गर्ने बित्तिकै चरा उडेर गैहाल्छ । यो हाम्रो निम्ति बाघभन्दा पनि ठुलो सिंह हो । यहाँ ठोक्ने चिज खै ? यसमा संरचना समेत उल्लेख गरेको छैन । संरचना कसरी बन्छ त्यो पनि थाहा छैन । एउटा ठुलो आवाज आउनेगरी केही न केही गर्नुपर्दैन ? हो त्यो हामीले संविधानमा उल्लेख गरेका छौं, लोकतान्त्रि मूल्यमान्यतामा आधारित समाजवाद । नेताहरु सधैंभरी समाजवाद उन्मुख हुने हो भन्छन् तर गर्न सक्दैनन् । यी नेताहरुले देशलाई बर्बाद गरेका छन् । र कसरी जानुपर्छ भनेर कसैलाई पनि विश्वासमा लिन नसकेर मैले किताब लेखे । तर कसैले आलोचना गर्नुभएन ।’

शिर्ष तहको बोलि र व्यवहार फरक भएकै कारण मुलुक बर्बादीतर्फ गइरहेको उहाँको आरोप छ ।