२८ असार २०८३, आईतवार
,
Latest
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन ‘रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक गणेश नेपाली मृत्यु प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड कांग्रेस नीति प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन, विभिन्न क्षेत्रका कार्यक्रम प्रभावकारी बनाइने सुकुम्बासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतंक मच्चाएको आरोप शैक्षिक परामर्श नियमावली–२०८३ विरुद्ध व्यवसायी एकजुट, संशोधन नभए देशव्यापी आन्दोलनको चेतावनी नेपाली सेनाद्वारा घाइतको हवाई उद्धार पोखरामा आकस्मिक प्रदुषण परीक्षणः अधिकांश सवारी प्रदुषण मापदण्डमा फेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाफिया विधेयकमा अध्यक्ष ढकालको असन्तुष्टि



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकप्रति असन्तुष्टि जनाउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले असन्तुष्टि प्रकट गर्नुभएको हो । कुनै बैंक वा वित्तीय संस्थाको प्रमोटरको नातेदारको कुनै एक जनाले अर्को निजी कम्पनीको १० प्रतिशत मात्र शेयर दियो भने ९० प्रतिशत अरु प्रमोटर भएको निजी कम्पनीले नै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने बाफिया अहिले ड्राफ्ट भइरहेको बताउनु भयो ।

यसले आम नागरिकबीच चर्चा कमाए पनि आत्मनिर्भर अर्थतन्त्र बनाउन सहयोग नपुग्ने जिकिर गर्नुभयो । यसले अर्थतन्त्रका सम्पूर्ण सूचकहरुमा असर गर्ने जिकिर गर्नुभयो । अहिले जति पनि उद्योग धन्दा, प्रतिष्ठानहरुमा नातेदार भन्दा बाहिरका मानिसहरु नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनै बैंक वा वित्तीय संस्थाको प्रमोटरको नातेदारको कुनै एक जनाले अर्को निजी  कम्पनीको १० प्रतिशत मात्र शेयर दियो भने ९० प्रतिशत अरु प्रमोटर भएको निजी कम्पनीले नै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने बाफिया जुन ड्राफ्ट भएको छ । त्यसमा रहेको छ । यस्ता चिजहरु आम पब्लिकमा पपुलर हुने हिसावले कानूनहरुमा यस्ता इस्युहरु आउँछन्, यसले अर्थतन्त्रका सम्पूर्ण सूचकहरुमा असर गर्दछ । आत्मनिर्भर अर्थतन्त्र बनाउन सपोर्ट गर्दैन । अहिले जति पनि उद्योग धन्दा, प्रतिष्ठानहरु छ, वास्तवमा त्यो नातेदार भन्दा बाहिरको छैन होला ।’

अध्यक्ष ढकालले भएका उद्योग धन्दा बन्द गर्नेतर्फ लाग्न नहुनेमा जोड दिनुभयो ।