१३ श्रावण २०८३, बुधबार
,
Latest
समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत पोखरा प्राज्ञ प्रतिष्ठानको कुलपतिमा प्रतीक्षा निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही, लिए पद तथा गोपनीयताको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री बानियाँको तलब भत्ताबाट एकल महिला सुनारको घर बन्ने



अ+ अ-

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो तलब भत्ताबाट मनहरि गाउँपालिका–९ निवासी मिठुमाया सुनारको घर बनाइदिने भएको छ ।

मुख्यमन्त्रीको पदभार ग्रहण गरेकै दिन बानियाँले तलब भत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका गरिब विपन्न परिवारको घर बनाई दिने घोषणा गर्नुभएको थियो ।

सोही घोषणाअनुसार करिब पाँच वर्षअघि श्रीमान् गुमाएकी र एक मात्र छोरा सङ्गम सुनारसमेत आपाङ्ग रहेको अति विपन्न सुनारको घर बनाई दिन आज मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिकामार्फत रु दुई लाख हस्तान्तरण गर्नुभएको छ ।

मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले विपन्न सुनारको घर निर्माणका लागि मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीलाई चेक हस्तान्तरण गर्नुभयो ।

मुख्यमन्त्रीको सेवासुविधाबापत प्राप्त हुने रकमबाट विपन्न परिवारको घर बनाई दिने घोषणाअनुसार स्थानीयवासी र गाउँपालिकाको सिफारिसमा एकल महिला सुनारको घर बनाई दिन लागेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री बानियाँबाट प्राप्त रकमबाट सुनारलाई दुई वटा कोठा, एउटा भान्सा कोठा र बाथरुम तथा शौचालय निर्माण गरिदिने मनहरी गाउँपालिकाका अध्यक्ष कालाखेतीले बताउनुभयो । रासस