८ भाद्र २०८३, सोमबार
,
Latest
जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डको फुकेटमा नेपालीद्वारा खाद्यान्न सहयोग



अ+ अ-

काठमाडौं । नेपालीहरु मनका धनी हुन्छन भन्ने कुरा थाइल्याण्डमा बस्ने नेपाली समाजसेवीले प्रष्ट पारेका छन् । उनीहरु स्वदेशमा मात्रै नभई विदेशमा पनि कसैलाई परेको दुःख र पीडा टुलुटुलु हेरेर बस्न सक्दैनन भन्ने कुरा पुष्टि गरेका छन । विश्वव्यापी महामारी कोरोना भाईरस कोभिड—१९ का कारण समस्यामा परेका थाइल्याण्डको फुकेटका विपन्न परिवारलाई नेपालीहरुले राहत स्वरुप खाद्यान्नको जोहो गरिदिएपछि नेपालीहरुको जयजयकार गरिएको छ ।

श्री भगवत धाम सनातन मन्दीर फाउण्डेशन तथा थाई नेपाली समाज फुकेट थाइल्याण्डको संयुक्त आयोजनामा ती दुवै संस्थाका पदाधिकारीहरुले कोभिड १९का कारण खाद्यान्न समस्यामा परेका फुकेटवासीहरुलाई विहीबार खाद्यान्न वितरण गरेको हो ।

ती दुवै संस्था श्री भगवत धाम सनातन मन्दीर फाउण्डेशन तथा थाई नेपाली समाज फुकेट, थाइल्याण्डका संस्थापक अध्यक्ष डैङ्ग लिम्बुसहित ती दुवै संस्थाका पदाधिकारीहरुले करीव १८ लाख नेपाली रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको लिम्बुका नेपाली मित्र वरिष्ठ फोटो पत्रकार न्हुच्छेमान डंगोलले बताएका छन् ।