२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङ प्रदेश सभा क्षेत्र २ मा कात्तिक १७ गते उपनिर्वाचन हुने



अ+ अ-

काठमाडौं। स्वतन्त्र सांसद राजिव गुरुङ ‘दीपक मनाङे’ पदमुक्त भएपछि मनाङ प्रदेश सभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।

सर्वोच्च अदालतले चक्रे मिलनमाथि ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा मनाङेलाई दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएसँगै उनले गण्डकी प्रदेश सभामा सदस्यको रूपमा बस्ने योग्यता गुमाएका थिए। अदालतको आदेशसँगै सरकारलाई सो क्षेत्र रिक्त भएको घोषणा गर्न निर्देशन दिइएको थियो।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार, रूपन्देही–३ मा तय भएको मितिसँगै मनाङमा पनि सोही दिन उपनिर्वाचन गर्ने निर्णय लिइएको हो। उनका अनुसार “सर्वोच्च अदालतको पूर्णपाठ सार्वजनिक भइसकेकाले अब दुवै क्षेत्रमा एउटै दिन निर्वाचन गर्ने टुंगो आयोगको बैठकबाट हुन्छ।”

आयोगले साधारणतया निर्वाचन मिति कम्तीमा ६४ दिनअघि तोक्ने प्रथा रहेको भए पनि यस पटक पर्याप्त समय बाँकी भएकाले निर्वाचन गर्न कुनै समस्या नपर्ने स्पष्ट पारेको छ। आयोगले चुनावी तयारी प्रक्रिया चाँडै अघि बढाउने बताएको छ।

२०७९ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा मनाङे प्रतिस्पर्धाविहीन उम्मेदवार बनेर निर्विरोध विजयी भएका थिए। तर, सर्वोच्चको फैसलाले उनी सांसद पदबाट हटाइएपछि सो निर्वाचन क्षेत्र रिक्त भएको हो।