३ पुष २०८२, बिहीबार
,
Latest
एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेवको गुनासो : एकीकृत समाजवादीमा प्रवेश गरेको दुई महिनासम्म कुनै जिम्मेवारी पाइनँ’



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतमले पार्टीका नेताहरू काठमाडौं केन्द्रित भएको भन्दै आलोचना गर्नुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै वरिष्ठ नेता गौतमले यस्तो बताउनु भएको हो । पार्टीका सबै शीर्ष नेता राजधानी उपत्यकामा मात्र रहने प्रवृत्तिका कारण पार्टी संगठनलाई कमजोर बनाएको उहाँको भनाइ छ । उहाँले पार्टीका सबै सदस्यहरुलाई कुनै न कुनै जिम्मेवारी तोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीमा बसेर पार्टीको नीति र सिद्धान्त पालना नगरेका नेताहरुलाई ‘नक्कली कम्युनिष्ट’को संज्ञा दिनुभयो ।

उहाँले सदस्यले समाजवाद बुझ्ने, समाजवाद निर्माणका लागि आजको परिस्थितिमा आवश्यक कार्य गर्ने र जनतासम्म पुग्ने जिम्मेवारी लिनुपर्ने आवश्यकता औंल्याउनु भयो । पार्टीका शीर्ष नेताहरु जनतामाझ नगएसम्म कार्यकर्तामा उत्साह पैदा नहुने उहाँको भनाइ छ । आफूमा पार्टीमा आवद्ध भएको दुई महिना पुग्दा समेत पार्टीले जिम्मेवारी नदिएको भन्दै उहाँले गुनासो समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा (एकीकृत समाजवादी)का सबै नेताहरु काठमाडौं उपत्यकामै हुनुहुन्छ । त्यसो भएपछि तल नेताहरु हुने कुरा भएन । यस्तो मलाई लागेको हुनाले ती नेताहरुलाई साथमा लिएर पार्टीले यस्तो निर्णय गरोस् कि पार्टीको प्रत्येक सदस्यले एउटा न एउटा जिम्मेवारी बहन गर्नुपर्छ । एउटा न एउटा कार्यक्षेत्र उसको हुनुपर्छ । किनभने कम्युनिष्ट पार्टीको सिद्धान्तले त्यही भन्छ । पार्टी सदस्यता प्राप्त गरिसकेपछि त्यो व्यक्तिले प्रतिमहिना सदस्यता शुल्क तिर्नुपर्छ । र कमिटीका अरु सदस्यहरुसँगको जिम्मेवारी नजुध्नेगरी उसको छुट्टै कार्यक्षेत्र हुनुपर्छ । त्यस्तो भएको छैन भने ति सबै नक्कली कम्युनिष्ट हुन् ।

यहाँ पनि नक्कली कम्युनिष्ट हुनसक्छ । जिम्मेवारी तोकिएको छैन भने तिनीहरु नक्कली कम्युनिष्ट नै हुनसक्छन् । हामी गर्ने काम भनेको सिद्धान्त बुझाउने, समाजवाद बुझाउने, समाजवाद निर्माण कसरी गर्ने ?, आजको परिस्थितिमा के गर्न जरुरी छ ? भन्ने उद्देश्य राखेर प्रत्येक व्यक्तिले काम गरेको हुनुपर्छ, जनतामा गएको हुनुपर्छ । आफ्नो पार्टीको नीति र सिद्धान्तको पालना गरेको हुनुपर्छ । त्यस्तो गर्नुपर्छ भन्ने मनमा लागेको हुनाले मैले सोचेको एकीकृत समाजवादीको नेतैनेता हुनुहुन्छ । तर तल्लो तहमा गएर विरोधीका विचारलाई खण्डन गर्ने, त्यहाँका जनतालाई प्रेरित गर्ने नेताहरु छैनन् कि । सबै ठूला नेताहरु त यहीँ छन् ।’

कम्युनिष्ट पार्टीहरु सिद्धान्तबिना चल्न नसक्ने उल्लेख गर्दै उहाँले अन्तरपार्टी संघर्ष आवश्यक रहेको बताउनु भयो ।