१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ होः महासचिव पोखरेल



अ+ अ-

बाँके। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बाँकेको आज नेपालगञ्जमा आयोजित बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अब यो विषय राष्ट्रिय आकांक्षा मात्र नभई पार्टीहरूको लक्ष्य बन्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीको नीति र कार्यक्रमप्रति सबैको प्रतिबद्धता तथा नेतृत्वप्रतिको अधिनस्थताले पार्टीलाई बलियो बनाउने उल्लेख गर्दै उहाँले पार्टीमा बहुपदीयको अर्थ बहु गुट हुनु नभएको स्पष्ट पार्नुभयो ।

पार्टीको दोस्रो विधान महाधिवेशनबाट विधानको प्रस्तावनामा जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै त्यसलाई वर्तमान सन्दर्भमा थप परिष्कृत गर्ने र वैज्ञानिक समाजवादको दिशामा अघि बढ्ने विषयलाई थप गरिने उल्लेख गर्नुभयो ।

“अहिले प्रस्तावनामा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तय गर्ने भन्ने छ, अब समाजवाद कस्तो हुने भन्ने कुरा थप गर्ने छाँै”, महासचिव पोखरेलले भन्नुभयो, “हामीले ल्याउने समाजवाद नेपाली विशेषतामा आधारित हुने वैज्ञानिक समाजवादबारे प्रष्ट्याउने छौँं ।”

विषयवस्तुको गहिराइलाई बुझेर त्यसमा छलफल र बहस गर्दा विचारमा एकरुपता ल्याइ पार्टीलाई सही दिशामा अघि बढाउन सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो । लोकप्रिय हुनुको अर्थ राजनीतिमा सफल हुनु नभएको धारणा राख्दै महासचिव पोखरेलले राजनीति लोकप्रियताले मात्र चल्ने नभई विचार, सिद्धान्त र आदर्शबाट चल्ने बताउनुभयो ।

अहिले पार्टी र पार्टी नेतृत्वका विरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताउँदै उहाँले भन्नुभयो, “एमालेको सबैभन्दा चर्को विरोध एमाले देशभक्त भएको मन नपराउनेले गरिरहेका छन् ।”

नेकपा (एमाले) बाँकेका अध्यक्ष नीरक गुरुङको अध्यक्षतामा भएको पार्टी जिल्ला कमिटी बैठकमा एमाले केन्द्रीय सदस्य शान्ति ढकाल, सूर्य ढकाल, दिपा शर्मा, मोहम्मद हारुन हलवाईलगायतका नेताले आआफ्नो धारणा राख्नुभएको थियो ।रासस