६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ होः महासचिव पोखरेल



अ+ अ-

बाँके। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बाँकेको आज नेपालगञ्जमा आयोजित बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अब यो विषय राष्ट्रिय आकांक्षा मात्र नभई पार्टीहरूको लक्ष्य बन्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीको नीति र कार्यक्रमप्रति सबैको प्रतिबद्धता तथा नेतृत्वप्रतिको अधिनस्थताले पार्टीलाई बलियो बनाउने उल्लेख गर्दै उहाँले पार्टीमा बहुपदीयको अर्थ बहु गुट हुनु नभएको स्पष्ट पार्नुभयो ।

पार्टीको दोस्रो विधान महाधिवेशनबाट विधानको प्रस्तावनामा जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै त्यसलाई वर्तमान सन्दर्भमा थप परिष्कृत गर्ने र वैज्ञानिक समाजवादको दिशामा अघि बढ्ने विषयलाई थप गरिने उल्लेख गर्नुभयो ।

“अहिले प्रस्तावनामा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तय गर्ने भन्ने छ, अब समाजवाद कस्तो हुने भन्ने कुरा थप गर्ने छाँै”, महासचिव पोखरेलले भन्नुभयो, “हामीले ल्याउने समाजवाद नेपाली विशेषतामा आधारित हुने वैज्ञानिक समाजवादबारे प्रष्ट्याउने छौँं ।”

विषयवस्तुको गहिराइलाई बुझेर त्यसमा छलफल र बहस गर्दा विचारमा एकरुपता ल्याइ पार्टीलाई सही दिशामा अघि बढाउन सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो । लोकप्रिय हुनुको अर्थ राजनीतिमा सफल हुनु नभएको धारणा राख्दै महासचिव पोखरेलले राजनीति लोकप्रियताले मात्र चल्ने नभई विचार, सिद्धान्त र आदर्शबाट चल्ने बताउनुभयो ।

अहिले पार्टी र पार्टी नेतृत्वका विरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताउँदै उहाँले भन्नुभयो, “एमालेको सबैभन्दा चर्को विरोध एमाले देशभक्त भएको मन नपराउनेले गरिरहेका छन् ।”

नेकपा (एमाले) बाँकेका अध्यक्ष नीरक गुरुङको अध्यक्षतामा भएको पार्टी जिल्ला कमिटी बैठकमा एमाले केन्द्रीय सदस्य शान्ति ढकाल, सूर्य ढकाल, दिपा शर्मा, मोहम्मद हारुन हलवाईलगायतका नेताले आआफ्नो धारणा राख्नुभएको थियो ।रासस