६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमसँग घरेलु मैदानमै हार्यो म्यान्चेस्टर सिटी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी पराजित भएको छ । केहीबेरअघि सम्पन्न खेलमा सिटी टोटेनहमसँग घरेलु मैदानमै ०–२ गोलले स्तब्ध बनेको हो ।

टोटेनहमले दुबै गोल पहिलो हाफमा गरेको थियो । उसका लागि खेलको ३५ औं मिनेटमा ब्रेनान जोनसोनले तथा इन्जुरी समयमा जोआओ पालिन्हाले गोल गरे ।

टोटेनहमको यो लगातार दोस्रो जित हो भने सिटीले यसअघिको पहिलो खेलमा भने जित निकालेको थियो ।