२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान शाहीन्ससँग नेपाल १ रनले पराजित



अ+ अ-

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत नेपाल पाकिस्तान शाहीन्ससँग पराजित भएको छ ।

भर्खरै सम्पन्न खेलान नेपाल १ रनले पराजित भएको हो । साहीन्सले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन जोड्यो ।

नेपाललाई अन्तिम एक बलमा तीन रन आवश्यक थियो । क्रिजमा दिपेन्द्र सिंह ऐरी थिए । उनले स्वीप गरेर प्रहार गरेको बल साहीन्सका खेलाडीले चतुरपूर्ण रुपमा पकड जमाउँदै ऐरीलाई रनआउट गरेपछि नेपालले खेल गुमायो ।

कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेलेपनि हार टार्न सकेनन् । उनले ४४ बलमा ५२ रन जोडे । यस्तै, दिपेन्द्र सिंह ऐरीले २१ बलमा ४१ रनको योगदान दिए । आशिफ शेखले २७ रन जोडे ।

साहीन्सका लागि मोहम्मद वसिम र फैसल अकरमले दुई–दुई विकेट र मोहम्मद सलमानले एक विकेट लिए ।

त्यसअघि अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा टस जितेर पहिला ब्याटिङ रोजेको शाहीन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४४ रनको योगफल बनायो ।

पाकिस्तान शाहीन्सका कप्तान इरफान खानले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाएका हुन् । मोहमद वासिमले २३, अबदुल समादले २६ तथा यासिर खानले १८ रन जोडे ।

बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट झारे ।

योसँगै छ खेलमा नेपालले चार खेलमा हार तथा दुई खेलमा जित हासिल गरेको छ ।

नेपालले नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बङ्गलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।

त्यस्तै नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो ।