२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको शाहीन्सद्वारा नेपालका लागि एक सय ५४ रनको लक्ष्य प्रस्तुत



अ+ अ-

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा पाकिस्तान शाहीन्सले नेपाललाई जितका लागि एक सय ४५ रनको लक्ष्य दिएको छ ।

अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान शाहीन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४४ रनको योगफल बनाएको हो ।

पाकिस्तान शाहीन्सका कप्तान इरफान खानले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाएका हुन् । मोहमद वासिमले २३, अबदुल समादले २६ तथा यासिर खानले १८ रन जोडे ।

बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले समान दुईरदुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट झारे । यसअघि पाँच खेल खेलेको नेपालले तीन खेलमा हार तथा दुई खेलमा जित हासिल गरेको छ ।

नेपालले नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बङ्गलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो । त्यस्तै नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।