३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

कोरोना संक्रमणको बेला बिध्यार्थिलाई कसरी सुरक्षित राख्ने ? – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

कोरोना संक्रमणको बेला बिध्यार्थिलाई कसरी सुरक्षित राख्ने ? – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
अ+ अ-

विश्व स्वास्थ्य संगठन ( WHO ) ले भारत र नेपालमा कोरोना संक्रमणको उच्च प्रकोप जुन र जुलाईमा हुने जनाएको छ । विश्वभर भइरहेका अनुसन्धान अनुसार कोरोना भाइरस संक्रमण २०२२ सम्म रहने जनाएका छन् । कोभिड १९ बिरुद्धको खोप तथा औषधि आविष्कार भएर बजारमा आउन ६ महिनादेखि डेढ बर्ष लाग्ने अनुसन्धानविदले बताएका छन् । यो अबधिमा सामाजिक दुरी कायम राख्ने, हात धोइरहने, मास्क / पंजा / चस्मा आदिको प्रयोग गर्ने लगायत रोकथामका उपाय गर्नुको बिकल्प छैन |

कोरोना संक्रमणले बिद्यार्थीलाई ठूलो असर गरेको छ । यो महामारीको विच पठनपाठन सुरक्षित बनाउन सरकार तथा बिद्यालयले निम्न लिखित उपाय अबलम्बन गर्नु जरुरी छ ।

  • सम्बन्धित कक्षाको पाठ्यक्रम अनुसार अनलाइन कक्षामा एकरुपता ल्याउने । त्यसको लागि सरकार र विद्यालयले बिद्यार्थीलाई हाइस्पीडको इन्टरनेट निशुल्क उपलब्ध गराउने 
  • रेडियो तथा टेलिभिजनमार्फत निश्चित समयमा पाठ्यक्रम अनुसार पढाउने ।
  • रोकिएका परीक्षामध्ये ११ कक्षासम्मको रिजल्ट अघिल्लो परीक्षाको अनुसार प्रकाशित गर्ने ।
  • स्कुलबसमा सामाजिक दुरी कायम नहुने भएको हुँदा आफ्नो एरियाको स्कुलमा भर्ना गर्ने ।
  • भौतिक दुरी कायम गर्न स्कुलमा प्रि फ्याबका टहरा बनाउने ।
  • घटीमा १ मिटरको दुरी हुने गरि प्रत्येक बिध्यार्थिलाई सिंगल टेबल जोडिएको कुर्सिको ब्यबस्था गर्ने ।
  • बिद्यालयको गेटमा बिद्यार्थी तथा शिक्षकको दैनिक रुपमा तापक्रम लिने तथा रुघाखोकी लागे नलागेको परिक्षण गरेर मात्र बिद्यालयभित्र जाने अनुमति दिने ।
  • मास्क, चस्मा तथा पंजालाई अनिबार्य गर्ने ।
  • बिद्यालयको धेरै ठाउंमा साबुनपानी, ह्याण्ड स्यानिटाइजर तथा मास्क राख्ने ।
  • सौचालयको संख्या बढाउने | सौचालयलाई पटक पटक निर्मैलिकरण गर्ने ।
  • सामुहिक गतिबिधि जस्तै प्रार्थना, खेलकुद वा अन्य गतिबिधि नगर्ने ।
  • स्कुल बस तथा भ्यानलाई साबुनपानी, क्लोरिन पानी र लाइसोलले दैनिक धोएर निस्संक्रमित बनाउने ।
  • भौतिक दुरी कायम गर्नको लागि हरेक कक्षाका बिद्यार्थीलाई १ दिन बिराएर स्कुल जाने ब्यबस्था गर्ने । यसोगर्दा बिद्यालय आउने दिन प्रयोगात्मक शिक्षा लगायत पढाउने तथा अर्को दिनको लागि होमवर्क दिने एबम अनलाइन कक्षा गर्ने ।
  • भर्ना शुल्क, मासिक शुल्क लगायतमा एकरुपता ल्याउने । यो संकटको बेला सेवामुखी र आत्मनिर्भर बन्ने । मुनाफाको योजना कोरोना संक्रमण नियन्त्रण भएपछि मात्र बनाउने ।
  • होस्टेल सकभर नचलाउने ।

सबैले बुझ्नु जरुरी छ कि स्कुलमा १ जना संक्रमित भएमा पुरै विधार्थीलाई रोग सर्ने, उनीहरुको अभिभावकलाई सर्ने हुँदै समाजमा संक्रमण फैलिन सक्छ । त्यसैले जीवनलाई पहिलो प्राथमिकतामा राखौं । आफ्नो नाफाघाटाको लागि जोखिम मोलेर स्कुल तथा स्कुल बस संचालन नगरौं ।