५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

औपचारिक क्षेत्रका २१ हजार बढी रोजगाराता र ६ लाख १३ हजार श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध



अ+ अ-

काठमाडौँ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको जानकारी दिनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार औपचारिक क्षेत्रका २१ हजार ३ सय ९२ रोजगारदाता तथा करिव ६ लाख १३ हजार ७१८ श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । उहाँले स्थानीय तहसँगको सहकार्यमा अनौपचारिक क्षेत्रका ७७६ श्रमिक र ४७६ स्वरोजगार व्यक्ति समेत कोषमा आवद्ध भइसकेको जानकारी दिनुभयो ।

उहाँले हालसम्म १८ लाख ३५ हजार ६ सय ४ जना वैदेशिक रोजगारीमा जाने श्रमिक कोषमा आवद्ध भइसकेको उल्लेख गर्दै सामाजिक सुरक्षा कोषलाई सबै श्रमिकका लागि अनिवार्य बनाउने लक्ष्य सरकारको स्पष्ट पार्नुभयो । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्था सरकारले गरेको स्पष्ट गर्दै यसले वैदेशिक रोजगारी सुरक्षित हुनुका साथै श्रमिकका परिवारलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हालसम्म औपचारिक क्षेत्रका २१ हजार ३ सय ९२ रोजगारदाताहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेका छन् । र औपचारिक क्षेत्रमा करिव ६ लाख १३ हजार ७ सय १८ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । हामीले स्थानीय तहसँगको सहकार्यमा अनौपचारिक क्षेत्रका सात सय ७७६ जनालाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौं । ४७६ जना स्वरोजगारमा रहेका व्यक्तिहरु समेत सामाजिक सुरक्षा कोषमा आवद्ध छन् । हालसम्म कोषमा १८ लाख ३५ हजार ६ सय ४ जना वैदेशिक रोजगारीमा जाने श्रमिकहरु दर्ता हुनु भएको छ । सामाजिक सुरक्षा कोषमा अनिवार्य दर्ता गराउने उद्देश्यले नेपाल सरकारले कार्य अगाडि बढाएको छ । अगामी दिनमा हामी अनौपचारिक क्षेत्रमा समेत नियमन गर्ने छौं । जसले थप श्रमिकहरु कोषमा आवद्ध हुनेछन् भन्ने विश्वास व्यक्त गरेका छौं । सबै श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सहयोग गरिदिन सबैलाई आर्थिक आग्रह पनि गर्दछौं । नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आवद्ध गरेको छ ।’

उहाँले आन्तरिक रोजगारीको सिर्जना गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको पनि बताउनु भयो । उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन साथै सबै प्रकारका श्रमिकलाई सामजिक सुरक्षा कोषमा आवद्ध गराउन सहयोग गर्न सबैसँग आग्रह समेत गर्नुभयो ।