१३ श्रावण २०८३, बुधबार
,
Latest
सांसद विष्टको प्रश्नः निर्वाचन आचारसंहिता उल्लंघन भए प्रधानमन्त्रीलाई पनि अन द स्पट कारबाही गर्न सक्नुहुन्छ… १६ वर्षमै मतदानको अधिकार दिनुपर्छः रास्वपा प्रमुख सचेतक बुर्लाकोटी चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै स्वास्थ्य मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन निर्वाचन प्रणाली र आयोगको क्षमतामाथि सांसद डा. लेखजंग थापाको प्रश्नः ‘मतदान प्रतिशत बढाउने ठोस आधार… निर्वाचन आयोग ‘रेफ्री’ बन्नुपर्छ, ‘खेलाडी’ होइनः वर्षमान पुन निर्वाचन आयोगको सुधारका लागि ठोस कार्ययोजना र कार्यान्वयन आवश्यक छः पद्मा अर्याल माईतीघर क्षेत्रको डुबान समस्या समाधानका लागि कामनपाद्वारा निकास खोल्ने कार्य शुरु (तस्बिरसहित) कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु विपद् व्यवस्थापन सम्बन्धी कांग्रेसको विशेष प्रशिक्षण एक दिन सर्‍यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान



अ+ अ-

पर्सा। पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा करिब २० प्रतिशतसम्म गिरावट आउने अनुमान गरिएको छ ।

मधेस प्रदेशमा भएको सुक्खाग्रस्त खडेरी र ढिलो गरी भएको वर्षात् र छिपिएको रोपो लगाएको कारणले गत आर्थिक वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा १० देखि २० प्रतिशतसम्म गिरावट आउने कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत उमेश थापाले यो वर्ष पर्सामा सुक्खाग्रस्त सङ्कटको कारणले ढिलागरी मात्रै धान रोपाइँ भएकाले उत्पादनमा प्रत्यक्ष असर पार्ने बताउनुभयो ।

“एकातर्फ लामो समयदेखिको खडेरीले खेतमा पानीको अभाव देखियो । अर्काेतर्फ ढिलो गरी धान रोपाइँ हुँदा छिपिएको रोपोको कारणले उत्पादकत्वमा ह्रास आउने देखिन्छ”, उहाँले भन्नुभयो, “धान खेतीमा अविछिन्न पानी जम्नुपर्ने खेत धाँजा फाटेकाले धान बालीमा ‘ब्लाष्ट’ रोगको सङ्क्रमण देखापर्ने उच्च सम्भावना रहेको छ । त्यसले उत्पादकत्वमा केही न केही असर पार्नेछ ।”

कृषि ज्ञान केन्द्रका अनुसार पर्सामा ३७ हजार सात सय ३१ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये अहिलेसम्म ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ । गत वर्ष यहाँ दुई लाख ३३ हजार मेट्रिकटन धान फलेको थियो ।  रासस




भर्खरै