१२ श्रावण २०८३, मंगलवार
,
Latest
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने दुब्लाउनुभएको रहेछः प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दुब्लाएको बताएका छन् ।

ललितपुरको नख्खु जेलमा लामिछानेसँगको भेटपछि प्रचण्डले यस्तो बताएका हुन् ।

‘भैरहवामा ठूलो पीडा भएको उहाँले सुनाउनुभयो । दुब्लाउनु पनि भएछ । यहाँ भैरहवाको तुलनामा यहाँ धेरै राम्रो रहेको र त्यसको प्रशंसा पनि गर्नुभयो’ भेटपछि प्रचण्डले भने ।

आफू नेतृत्वको सरकारमा दुई पटक गृहमन्त्री रहेकाले अभिभावकको नाताले आफूले लामिछानेलाई भेट गरेको प्रचण्डको भनाई छ ।

‘मेरो क्याबिनेटको उहाँ दुई पटकको गृहमन्त्री पनि हो । अभिभावकको नाताले मैले भेट गरेको हुँ । भैरहवा पनि जान चाहेको थिएँ । तर, जान पाएको थिइनँ’ उनले भने ।