२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन गोल्डकप विजेताले तीन लाख पाउने



अ+ अ-

काठमाडौँ । हिमालयन फुटबल क्लब (एचएफसी) को आयोजनामा हिमालयन फुटसल गोल्डकपको दोस्रो संस्करण भदौको तेस्रो सातामा हुने भएको छ ।
कुल ३२ टोलीको सहभागिता रहने हिमालयन गोल्डकप काठमाडौंमा आगामी भदौ १२ गते र १३ गते हुने भएको हो । आयोजक हिमालयन फुटबल क्लवले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता बारे जानकारी दियो ।

नकआउटका आधारमा हुने उक्त प्रतियोगिताको खेल चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लबमा हुनेछन् । हिमालयन क्लबका अध्यक्ष विनोद कार्कीले उपत्यका बाहिरका टोलीका लागि खाना र बस्ने व्यवस्थासहित सहभागिता गराइने बताए । उनले पोखरा, धरान, बुटवल र चितवनका टोलीले सहभागिताका लागि चासो देखाएको बताएका छन् ।

हिमालयन सचिव विद्या दंगालले नेपाली खेलाडीहरूलाई धेरै एक्सपोजर दिने लक्ष्यले नै यो प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै प्रतिष्पर्धात्मक खेलहरू हुने विश्वास व्यक्त गरेका छन् । मलेसियामा रहेको हिमालयन फुटबल क्लबको फ्रेन्चाइज टोलीका रूपमा नेपालमा पनि यो क्लबले काम गरिरहेको छ । पहिलो संस्करणको विजेता आयोजक नै हो । खुला प्रतियोगिता भएकाले हरेक टोलीले विदेशी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडीलाई टोलीमा राख्न पाउने आयोजकले जनाएको छ । यो नेपाली फुटसलमा सर्वाधिक धनराशिको प्रतियोगिताका रहेको आयोजकले दाबी गरेको छ ।

हिमालयन गोल्डकपको विजेताले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । फेयर प्ले टोलीले २० हजार, बेस्ट प्लेयर र बेस्ट गोलकिपर १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस प्रतियोगिता आयोजनाका लागि करिब २० लाख खर्च हुने अनुमान गरिएको छ । यसको विजेता टोलीलाई मलेसियामा आयोजना हुने प्रतियोगितामा सहभागी गराउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।