१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बोटल वाटर उद्योग सङ्घका अध्यक्षमा गौतम



अ+ अ-

काठमाडौं । पानी व्यवयासीको छाता सङ्गठन नेपाल बोटल वाटर उद्योग सङ्घको अध्यक्षमा धु्रवबहादुर गौतम निर्वाचित हुनुभएको छ ।

सङ्घको हालै सम्पन्न छैटौँ अधिवेशनमा उहाँका अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा विक्रम लिम्बू चेम्जोङ, उपाध्यक्षमा किशोर थापा, सुदीप श्रेष्ठ, लिला भण्डारी र विशाल श्रेष्ठ, महासचिवमा गोकुल थापा निर्वाचित हुनुभएको छ ।

यस्तै कोषाध्यक्षमा कमलप्रसाद अधिकारी, सहकोषाध्यक्षमा मेरिना कायस्थ विजयी हुनुभएको हो । सातै प्रदेशका सचिव र सदस्य भने पछि छनोट गरिने अध्यक्ष गौतमले जानकारी दिनुभयो । हाल देशभर  सङ्घमा ५८६ उद्योग आबद्ध  छन् ।