३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

प्रदेश नं २ सरकार, स्थानीय निकाय तथा नागरिकलाई अनुरोध : डा. रवीन्द्र पाण्डे

प्रदेश नं २ सरकार, स्थानीय निकाय तथा नागरिकलाई अनुरोध : डा. रवीन्द्र पाण्डे
अ+ अ-

कोरोना संक्रमण जोखिमको हिसाबले प्रदेश नम्बर २ निकै जोखिममा छ । देश संघियतामा गएको छ । हरेक प्रदेशलाई ठूलो रकम बिनियोजन गरिएको छ । त्यो अरबौं बजेट बाहेक कोरोना राहत कोषमा संकलित २ अरब जति बजेट प्रदेश नम्बर २ संग छ । प्रदेश नम्बर २ भारतको बिहारसंग जोडिएको, रोटीबेटीको सम्बन्ध भएको तथा खुला सिमाना भएको हुँदा जोखिम मानिएको हो । प्रदेश नम्बर २ मा थोरै मात्र परिक्षण गर्न मिल्ने तर त्यसको विश्वसनीयता कम भएको पोर्टेबल पिसिआर मेसिन मात्र छ । यसले निकै थोरैको परिक्षण गर्छ र रिजल्ट कन्फर्म गर्न स्याम्पल टेकु नै पठाउनु पर्ने अवस्था छ । प्रदेश नम्बर २ सरकार, त्यहाँका महानगरपालिका, उप महानगरपालिका, महानगरपालिका तथा गाउँ पालिका तथा आम बासिन्दालाई कोरोना नियन्त्रणका निम्न उपाय अबलम्बन गर्नुहुन अनुरोध गर्दछु ।
 
१. २ करोड खर्च गर्ने हो भने राम्रो पिसिआर मेसिनसहितको ल्याब स्थापना हुन्छ । तसर्थ कम्तीमा जनकपुर, बिरगंज र जलेश्वरमा ३ वटा उच्चस्तरीय ल्याब स्थापना गर्नु जरुरी छ ।

२. प्रदेश नम्बर २ मा रहेका एउटा महानगरपालिका, ३ वटा उपमहानगर पालिका, ७३ वटा नगरपालिका र ५९ वटा गाउँपालिका, ३२ वटा संसदीय क्षेत्र रहेका छन्  । ती निकायमा अरबौं बजेट छ । जनचेतना, मास्क र साबुन र पंजा वितरण, जनचेतनाका कार्यक्रम, बोर्डरमा सिसिटिभी जडान, सुरक्षाकर्मीसंग स्थानीय सिमाबासीको गस्ती, धेरै सौचालय र पंखा र खानेपानी आदिको ब्यबस्था भएका सुबिधा सम्पन्न बोर्डर क्वारेन्टाइन केन्द्रको निर्माण, त्यहाँ रहेका ठूला अस्पतालमा आइसीयु तथा भेन्टिलेटरको ब्यबस्था, पर्याप्त औषधिको भण्डारण लगायतलाई तत्काल प्रबन्ध गर्न सकिन्छ ।

३. सामाजिक दुरीलाई कडाइका साथ लागु गर्ने ।

४. भिडभाड हुने तरकारी बजार, माछामासु बजार आदि बन्द गरेर स्थानीय पसलबाट खरिदबिक्रिको प्रबन्ध गर्ने ।

५. बिहान र बेलुका धेरै मान्छे घरबाहिर निस्किने भएकोले दिउँसो ११(२ बजेसम्म मात्र पसल खोल्ने ब्यबस्था मिलाउने ।

६. प्रदेश नम्बर २ बाट चुनाब जितेर पटकपटक मन्त्रि, सांसद भएका राष्ट्रिय नेतालाई थप बजेट तथा राहतको लागि समन्वय गर्ने ।

७. प्रदेश नम्बर २ बाट प्रशाशनको माथिल्लो तहमा पुगेका व्यक्तिको ज्ञान, सिप तथा विज्ञताको उपयोग गर्ने ।

८. प्रदेश नम्बर २ मा चिकित्सक, नर्स, ल्याब टेक्निसियन, बिबिध स्वास्थ्यकर्मीहरु, माइक्रोबायोलोजिस्ट लगायतको प्राबिधिक जनशक्ति सबैभन्दा धेरै छ ।
उनीहरुलाई यो अभियानमा समेट्ने हो भने कोरोना संक्रमण नियन्त्रण प्रभावकारी हुन्छ ।

९. स्थानीय कृषकले उत्पादन गरेका खाध्य पदार्थ हरेक पालिकाले कृषि एम्बुलेन्सको ब्यबस्था गरि बजारीकरण गर्नुपर्दछ । साथै हरेक खाध्य पदार्थ थप उत्पादन गर्न कृषकलाई अनुदान, मल, बिउ, औषधिको ब्यबस्था गर्नुपर्दछ । उत्पादनलाई अभियानको रुपमा चलाएर कृषि बिमा तथा बजारीकरणको ग्यारेन्टी दिनुपर्छ ।

१०. प्रदेश नं २ सरकारले बिहार सरकार तथा सिमाना जोडिएका बिहारका स्थानीय निकायका पदाधिकारीसंग समन्वय गरेर असुरक्षित आवतजावत नियन्त्रण गर्ने, कोरोना नियन्त्रणको संयुक्त रणनीति बनाउने तथा औषधि उपकरण सहयोगमा समन्वय गर्नु जरुरी छ । 

प्रदेश नं २ नेपालको अन्न भण्डार हो । यो प्रदेशमा चुनौतीसंगै धेरै अवसर पनि छन् । अहिले प्रदेश सरकारको भूमिका जनतालाई रोग र भोकबाट बचाउनु हो । यसमा सबै जनाको पहल आबश्यक छ । 

लेखक पाण्डे जनस्वास्थ्य विज्ञ हुनुहुन्छ ।