२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा रहेका दलका नेताहरूलाई विपक्षीको जस्तो व्यवहार नदेखाउन महासचिव पोखरेलको आग्रह



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमा रहेका दलका नेताहरूलाई विपक्षीको जस्तो व्यवहार नदेखाउन आग्रह गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल कञ्चनपुरले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले कांग्रेस नेता शेखर कोइरालाको व्यवहार प्रतिपक्षको जस्तो भएको बताउनुभयो । उहाँले सरकारमा सामेल भएर सरकारकै विपक्षमा लाग्ने कुरा त्यति राम्रो नभएको बताउनुभयो । ‘आफ्नै अनुहारमा छिटा पर्ने खालको अभिव्यक्ति दिनु हुँदैन, सरकामा सामेल हुने, सरकार प्रति प्रतिपक्षीय व्यवहार गर्ने, सरकारमा हिस्साका लागि पनि संस्थापन पक्षसँग बहस, विवाद गर्ने, हिस्सा प्राप्त गर्ने तर सरकारको पक्षमा एक शब्द पनि नबोल्ने कुरा त नैतिक हिसाबले पनि राम्रो होइन’, उहाँले भन्नुभयो ।

भूमिहीन, दलित र सुकुम्बासीलाई जग्गा दिने कुराको समेत शेखर कोइलाले विरोध गरेको हो भने उहाँ कसको पक्षमा उभिनु भएको छ भन्ने प्रश्न उठेको उहाँले बताउनुभयो । सो आयोगमा ५० प्रतिशत भन्दा बढी कांग्रेसकै नेताहरू भएको कुरा नबिर्सन उहाँले कोइरालालाई आग्रह गर्नुभयो ।

भारतीय सचिवको प्रधानमन्त्रीसँगको भेटमा बसाइको बारे पत्रकारले सोधेको प्रश्नका जवाफमा उहाँले सम्बन्धित व्यक्तिले आफ्नो व्यवहार र आचरण सुधार गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारले सबैको मर्यादा राख्ने बताउँदै उहाँले बाँकी कुरा व्यक्तिका आचरणमा भर पर्ने स्पष्ट पार्नुभयो ।

पोखरेलले यति बेला एमलो पार्टीको विधान महाधिवेशनमा जुटेको जानकारी दिँदै नेपालको कम्युनिष्ट आन्दोलनमा एमालेले नीति निर्माणको लागि छुट्टै महाधिवेशन गरेर इतिहास बनाएको बताउनुभयो । मिसन २०८४ लाई दृष्टिगत गरेर समय भन्दा अगाडि नै एमालले अधिवेशनहरू सक्ने गरी तयारी गरिरहेको पोखरेलले जानकारी दिनुभयो ।

पार्टीका रूपमा नेकपा एमाले सबैभन्दा ठुलो संगठन भएको उहाँकाे दाबी छ । यस वर्ष एमालेका सदस्य २१ प्रतिशतले बढेकाले पनि एमाले जनताको रोजाइको पार्टी र निर्णायक राष्ट्रिय शक्ति भएको उहाँले दाबी गर्नुभयो ।

उहाँले पार्टीको विधान महाधिवेशनले पार्टीको कार्यदिशालाई थप स्पष्ट पार्ने बताउनुभयो । नेपाली विशेषताको समाजवाद निर्माणका लागि समृद्ध नेपाल, सुखी नेपालीलाई राष्ट्रिय आकांक्षाको रूपमा मात्र नभएर राष्ट्रिय गन्तव्य बनाएर एमाले अघि बढ्ने पोखरेलले स्पष्ट पार्नुभयो ।

आज मुलुकको अस्थिरता र अराजकता नै विकासको बाधक भएको बताउँदै उहाँले त्यसको लागि एमाले २०८४ मा एकल बहुमतको सरकार बनाउने उद्देश्यका साथ अघि बढ्ने बताउनुभयो । नेकपा एमालेमा जोडिन चाहने सबै मानिसलाई पार्टीमा जोड्न पार्टीले साधारण सदस्यता र संगठित सदस्यको प्रबन्ध गर्ने अवधारणा अघि सारेको उहाँले जानकारी दिनुभयो ।

राजनीतिक स्थायित्व, सुशासन र संकटग्रस्त अर्थतन्त्र सुधारको लागि यो सरकार बनेको बताउँदै उहाँले सरका आफ्नो लक्षमा अघि बढिरहेको बताउनुभयो । हरेक महिना सरकार फेर्ने र मन्त्री परिवर्तन गर्ने बानी परेकाहरूले अहिले पनि आजै सरकार र मन्त्री परिवर्तन हुन्छन् भन्ने हल्ला गर्ने गरेका पोखरेको भनाइ छ । अहिले सरकार र मन्त्री परिवर्तन नहुने बताउँदै समय आएपछि ती सबै कुरा हुने पोखरेलको धारणा छ । ‘त्यो अस्थिरताको मनोरोग मात्रै हो, त्यो तहमा मुलुकको राजनीति जाँदैन’, उहाँले भन्नुभयो ।

एमालेले पूर्वराष्ट्रपतिका विषयमा एउटा मानक स्थापित गर्न राजनीतिक निर्णय गरेको बताउँदै उहाँले त्यो कुनै व्यक्तिलाई लक्षित गरेर नगरेको बताउनुभयो । एमाले कसैको पछि दौडने पार्टी नभएको बताउँदै पोखलले एमाले लोकतन्त्रमा मानक स्थापित गराउने पार्टी भएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमण मूलतः सद्भावना भ्रमण नै भएको बताउँदै उहाँले भारत नेपालको विकास साझेदार मुलुक भएकोले विगतमा सम्झौता भएका योजनाको समीक्षा र नयाँ योजनाको बारेमा पनि छलफल हुने स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीको भ्रमण राष्ट्रको आवश्यकताको आधारमा हुने भएकोले यसलाई स्वाभाविक रूपमा हेर्न पोखरेलले आग्रह गर्नुभयो ।