२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टप एण्ड टी–२० सिरिज : नेपालले पायो एक सय ७६ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले जितको लागि एक सय ७६ रनको लक्ष्य पाएको छ ।

डार्विनस्थित टिआइओ रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई जितको लागि एक सय ७६ रनको लक्ष्य दिएको हो । मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७५ रनको योगफल बनायो ।

मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए । त्यस्तै थोमस रोजर्सले ६५ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने सोमपाल कामी र शाहब आलमले समान एक एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।