१३ श्रावण २०८३, बुधबार
,
Latest
नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले झापाद्वारा बिरुवा रोपण अभियान



फाइल फोटो
अ+ अ-

झापा। पर्यावरण संरक्षण र फलफूलमा परनिर्भरता घटाउने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाले प्रत्येक सदस्यको घरमा अनिवार्य फलफूलको बिरुवा रोपण गर्ने अभियान सञ्चालन गरेको छ ।

एमालेले जिल्लाका १५ वटै पालिकामा बिरुवाको व्यवस्थापन गरेर सदस्यहरुलाई बिरुवा रोपण कार्यमा सरिक गराइरहेको पार्टीका जिल्ला सचिव तुलसी कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक सदस्यलाई पार्टीले नै बिरुवाको व्यवस्था गरेर आफ्ना खाली जमिनमा फलफूलको बिरुवा लगाउन अभिप्रेरित गरिरहेका छौँ ।”

यसबाट फलफूलको परनिर्भरता घटाउन समेत मद्दत पुग्ने हुँदा पार्टीले विभिन्न सङ्घसंस्था र डिभिजन वन कार्यालयसँग बिरुवा अनुदानमा लिएर सदस्यलाई वितरण गरिरहेको सचिव कार्कीले बताउनुभयो । जिल्लामा करिब ५० हजार पार्टीका सदस्यको घरमा बिरुवा रोप्ने लक्ष्य छ ।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा करिब एक लाख बिरुवा रोप्ने लक्ष्य रहेको सचिव कार्कीले जानकारी दिनुभयो । “लिची, आँप, कागती, जामुनलगायतका फल्ने बिरुवा रोपिरहेका छौँ”, उहाँले भन्नुभयो ।

निजी वन हुर्काउन चाहनेहरु, वृक्षरोपण अभियान सञ्चालन गर्ने सामाजिक सङ्घसंस्थाहरु र राजनीतिक दलहरुले कार्यालयमा निवेदन दिएर बिरुवा माग गर्दै आएका र आवश्यकता पहिचान गरेर बिरुवा उपलब्ध गराउँदै आएको डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु खड्काले बताउनुभयो । आगामी तीन वर्षमा वडाका हरेक घरअगाडि र सडक किनारमा छाँयादार, हरियाली र फल फल्ने बिरुवा हुर्काउने कार्यक्रम छ ।

यसैगरी, राष्ट्रिय युवा सङ्घ नेपालले ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ नारासहित चालु आर्थिक वर्षको एकमहिने वृक्षरोपण अभियान सञ्चालन गरिरहेको छ । सङ्घका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज खगेन्द्र आङ्दम्बेले उद्यान, सामुदायिक वन र सडक किनारमा बिरुवा रोप्ने काम गरिरहेको जानकारी दिनुभयो ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले समेत गत वर्ष अभियान सञ्चालन गरेर जिल्लामा विभिन्न प्रजातिका ५० हजार बिरुवा रोपेको थियो । रासस