१३ श्रावण २०८३, बुधबार
,
Latest
नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कुनै पनि प्रहरीलाई एरिया हदमा राखिएको छैन’



अ+ अ-

काठमाडौँ।  प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले कुनै पनि प्रहरीलाई ‘एरिया हद’ (एक प्रकारको नजरबन्द) मा नराखिएको स्पष्ट पारेको छ ।

केही मिडिया तथा सामाजिक सञ्जालमा ‘१३ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले एक नम्बर गणभित्र एरिया हद तोकेर एक वर्षभन्दा बढी समयदेखि गैरकानुनी रूपमा राखिएको छ’ भन्ने कुरा सार्वजनिक भएको विषयमा सत्यता नभएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बताउनुभयो ।

उहाँले आज एक विज्ञप्ति जारी गरी उक्त समाचारका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको र उक्त समाचारमा उल्लेख भएअनुसारका कुनै पनि प्रहरी कर्मचारीलाई नजरबन्दमा नराखिएको जानकारी गराउनुभएको छ ।

प्रहरी आचरण विपरीत काम गर्ने केही प्रहरी कर्मचारीको सम्बन्धमा पटक–पटक आम सर्वसाधारणबाट गुनासा तथा उजुरी प्राप्त भएकाले निजहरूलाई प्रहरी नियमावलीबमोजिम आवश्यक छानबिन गर्न प्रहरी प्रधान कार्यालय, सुपरिवेक्षण तथा अनुगमन महाशाखाले झिकाई अनुसन्धान गरिरहेको प्रहरी नायब महानिरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

उहाँले विज्ञप्तिमा नेपाल प्रहरी कानुन कार्यान्वयन तथा मानव अधिकारको संरक्षण र संवद्र्धनमा सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । रासस