२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कुनै पनि प्रहरीलाई एरिया हदमा राखिएको छैन’



अ+ अ-

काठमाडौँ।  प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले कुनै पनि प्रहरीलाई ‘एरिया हद’ (एक प्रकारको नजरबन्द) मा नराखिएको स्पष्ट पारेको छ ।

केही मिडिया तथा सामाजिक सञ्जालमा ‘१३ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले एक नम्बर गणभित्र एरिया हद तोकेर एक वर्षभन्दा बढी समयदेखि गैरकानुनी रूपमा राखिएको छ’ भन्ने कुरा सार्वजनिक भएको विषयमा सत्यता नभएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बताउनुभयो ।

उहाँले आज एक विज्ञप्ति जारी गरी उक्त समाचारका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको र उक्त समाचारमा उल्लेख भएअनुसारका कुनै पनि प्रहरी कर्मचारीलाई नजरबन्दमा नराखिएको जानकारी गराउनुभएको छ ।

प्रहरी आचरण विपरीत काम गर्ने केही प्रहरी कर्मचारीको सम्बन्धमा पटक–पटक आम सर्वसाधारणबाट गुनासा तथा उजुरी प्राप्त भएकाले निजहरूलाई प्रहरी नियमावलीबमोजिम आवश्यक छानबिन गर्न प्रहरी प्रधान कार्यालय, सुपरिवेक्षण तथा अनुगमन महाशाखाले झिकाई अनुसन्धान गरिरहेको प्रहरी नायब महानिरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

उहाँले विज्ञप्तिमा नेपाल प्रहरी कानुन कार्यान्वयन तथा मानव अधिकारको संरक्षण र संवद्र्धनमा सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । रासस