१३ श्रावण २०८३, बुधबार
,
Latest
नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यसहित उसु हिरोज च्याम्पियनसिप सम्पन्न



अ+ अ-

काठमाडौं। एक दिने ‘उसु हिरोज जुनियर प्रथम खुल्ला थाउलु उसु च्याम्पियनसिप २०८२’ शनिबार जोरपाटीस्थित ईस्टपोेल स्कुलमा सम्पन्न भएको छ।

उसु द यङ्ग जेनेरेशनको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा करिब २०० खेलाडीहरूको सहभागिता रहेको र कार्यक्रम भव्य तथा सभ्य ढंगले सम्पन्न भएको जानकारी आयोजक समितिका विजय सिन्जालीले दिए।

विद्यालय स्तरमै प्रतिभा पहिचान गर्ने र नयाँ खेलाडीलाई क्षमता प्रदर्शन गर्ने प्लेटफर्म उपलब्ध गराउने उद्देश्यसहित आयोजना गरिएको उक्त प्रतियोगितामा जुनियर र सब-जुनियर गरी ५० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।

प्रतियोगितामा काठमाडौं उपत्यका तथा देशका विभिन्न जिल्लाबाट खेलाडीहरू सहभागी भएका थिए। यस आयोजनामा नेपाल उसु महासंघ लगायतका विभिन्न संस्थाहरूले सहकार्य गरेको आयोजक समितिका पासाङ शेर्पाले जानकारी दिए।

कार्यक्रममा नमोबुद्ध लायन्स क्लबका अध्यक्ष, नेपाल उसु महासंघका उपमहासचिव राजीव महर्जन, एडभान्स कुन्फु एशोसिएशनका सुर्य प्रकाशसहित उसु प्रशिक्षक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी, संघ, क्वान तथा क्लबका पदाधिकारीहरूको उपस्थितिमा विजेता तथा सहभागी खेलाडीलाई पदक र प्रमाणपत्र वितरण गरिएको थियो।

प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने विभिन्न संस्था, सहभागी क्वानका प्रशिक्षक तथा खेलाडी, साथै जज टुल सफ्टवेयर उपलब्ध गराएर सहयोग गर्ने अन्तर्राष्ट्रिय उसु निर्णायक विशाल सिन्जाली र उनकी टिमलाई विशेष धन्यवाद व्यक्त गर्दै आयोजक समितिका विजय सिन्जालीले उक्त प्रतियोगिताले नयाँ पुस्ताका उसु खेलाडीहरूमा नयाँ उर्जा थपेको बताए।