२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न



अ+ अ-

सुनसरी। पेडलर्स धरानको आयोजनामा यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथै स्वास्थ्यका लागि साइकल लाभदायक भएकाले कोरा राइड साइक्लिङ च्यालेञ्ज आयोजना गरिएको हो ।

पर्यटन प्रवर्द्धन, स्वच्छ वातावरणसँगै धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको पेडलर्स धरानका अध्यक्ष किसान मास्केले बताउनुभयो ।

उहाँका अनुसार आज बिहान ७ बजे भानुचोकबाट सुरु भएको राइड पुतलीलाइन, दुर्गा चोक, मङ्गलबारे, जानकी चोक, फुस्रे, अमरहाट, विजयपुरको दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, देउराली, धरान उपमहानगरपालिका–६ पानबारी, नयाँ बसपार्क, हरियाली चोक, दिपेन्द्र चोक हुँदै सबै मठमन्दिर, धरानका धार्मिकस्थलमा पुगेर धरान–१७ स्थित साकेला पार्कमा पुगेर सम्पन्न भएको हो ।

करिब ३२ किलोमिटर दूरीमा भएको राइडमा दुई सय राइडर्सहरूले सहभागिता जनाएका कार्यक्रम संयोजक विजय श्रेष्ठले जानकारी दिनुभयो । “सहभागी राइडर्सबाट प्रतिव्यक्ति रु तीन सय लिइएको हो । पेडलर्सले समाजसेवालाई प्राथमिकतामा राखी लिएको उक्त शुल्कबाट कोषको स्थापना गर्दै सामाजिक कार्यमा सहयोग पु¥याउँदै आएको छ”, उहाँले भन्नुभयो ।

गत वर्षको कोरा राइडबाट सङ्कलन भएको रकमले धरान–१४ स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई आवश्यक पर्ने सामग्रीसँगै विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको अध्यक्ष मास्केले उल्लेख गर्नुभयो । आज राइडमा सहभागी सम्पूर्ण राइडर्सलाई टिसर्ट र प्रमाणपत्र प्रदान गरिएको बताउँदै उहाँले सुनसरीसहित झापा, मोरङलगायत विभिन्न ठाउँबाट सहभागिताका लागि आउनुभएको जानकारी दिनुभयो ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कोरा राइड प्रत्येक वर्ष साउन महिनामा हुँदै आएको अध्यक्ष किसान मास्केले बताउनुभयो । धरानमा सन् २०१७ देखि नियमित रूपमा यो कार्यक्रम आयोजना हुँदै आएको उहाँले जानकारी दिनुभयो ।  रासस