९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

एक दर्जन बैंकले बढाए खराब कर्जा, कुनकाे कति ?

एक दर्जन बैंकले बढाए खराब कर्जा, कुनकाे कति ?
अ अ+ अ-

काठमाडौँ । एक दर्जन भन्दा बढी बैंकहरुले खराब कर्जा बढाएका छन् ।

बैंकहरुले सार्वजिक गरेको अघिल्लो आर्थिक वर्षको चौथो चौमासको वित्तीय विवरणअनुसार धेरै बैंकहरुको खराब कर्जा अनुपात (एनपीएल) बढेको हो । गत आर्थिक वर्ष २०८१/८२ मा खराब कर्जामा एभरेष्ट बैंक ०.३८ प्रतिशतमा सीमित रहँदा, हिमालयन बैंक ७.२८ सहित सबैभन्दा बढी रहेको देखिन्छ । एनआईसी, कुमारी, सिटिजन्स, नबिल र लक्ष्मी सनराइज बैंकमा पनि खराब कर्जाको दर तुलनात्मक रूपमा उच्च छ ।

एशिया बैंकले खराब कर्जा करिब दोब्बरले बढाएको छ । २०८०/८१ मा एनआईसीको खराब कर्जा अनुपात ३.४५ प्रतिशत रहेकोमा २०८१/८२ मा त्यस्तो कर्जाको अनुपात ६.२८ प्रतिशत पुगेको छ । यसले एनआइसी एसियाले गरिरहेको धेरै जसो कर्जा लगानी फसिरहेको देखाउछ । अर्को बैंक, ग्लोवल आइएमईले पनि समीक्षा अवधीमा एनपिएल बढाएको छ । अघिल्लो वर्षमा ४.१७ प्रतिशत एनपिल रहेको ग्लोबल आईएमई बैंकको त्यस्तो अनुपात २०८१/८२ मा ४.८७ प्रतिशत पुगेको छ ।
अर्को ठूलो बैंक प्रभु बैंकले पनि एनपीएल बढाएको छ । प्रभु बैंकले २०८१/८२ मा खराब कर्जा अनुपात ४.९६ प्रतिशत पुर्याएको छ । त्यसअघिको आर्थिक वर्षमा सो बैंकको एनपील ४.९४ प्रतिशत कायम रहेको थियो ।

अर्को, नेपाल एसबिआइ बैंकले पनि खराब कर्जा अनुपातलाई भारी रुपमा बढाएको छ । २०८०/८१ मा १.९६ प्रतिशत त्यस्तो अनुपात रहेकोमा २०८१/८२ मा ३.३५ प्रतिशत पुगेको छ ।

त्यस्तै, एनएमबी बैंकले पनि खराब कर्जा बढाएको छ । सो बैंकको २०८१/८२ मा एनपील ३.७२ प्रतिशत पुगेको छ । जुनकी त्यसअघिको वर्षमा एनएमबी बैंकको खराब कर्जा अनुपात ३.४ प्रतिशत रहेको थियो ।

त्यस्तै, कुमारी बैंकले पनि एनपीएल बढाएको छ । २०८१/८२ मा खराब कर्जा ६.४२ प्रतिशत पु¥याएको कुमारी बैंकको त्यसअघिको वर्षमा ५.९५ प्रतिशत रहेको थियो ।

सिद्धार्थ बैंकको पनि खराब कर्जा पछिल्लो समय बढ्दै गएको देखिएको छ । २०८१/८२ मा उक्त बैंकल २.६२ प्रतिशत एनपीएल पु¥याएको छ । त्यसअघिको वर्षमा सिद्धार्थ बैंकको खराब कर्जा अनुपात २.१७ प्रतिशत रहेको थियो ।

अर्को हिमालन बैंकको पनि खराब कर्जा अनुपात बढेको छ । यो बैंकको खराब कर्जा अनुपात २०८०/८१ मा ४.९८ प्रतिशत रहेको थियो । २०८१/८२ मा अहिले त्यस्तो अनुपात यो बैंकले ७.२८ प्रतिशत पु¥याएको छ ।

सिटिजन्स बैंकले पनि खराब कर्जा अनुपात बढाएको छ । २०८०/८१ मा सिटिजन्सको त्यस्तो अनुपात ४.१ प्रतिशत रहेकोमा २०८१/८२ मा ४.९४ प्रतिशत पुगेको छ ।
नेपाल बैंकले समेत खराब कर्जालाई बढाइरहेको तथ्यांकले देखाउछ । उक्त बैंकको खराब कर्जा अनुपात २०८०/८१ मा ४.३३ प्रतिशत रहेकोमा २०८१/८२ मा बढेर ४.४७ प्रतिशत पुगेको छ । प्राइम, सानिमा बैंकहरुले पनि खराब कर्जा पछिल्लो समय बढाएका छन् । प्राइम बैंकको खराब कर्जा अनुपात २०८०/८१ मा ४.६५ प्रतिशत रहेकोमा २०८१/८२ मा बढेर ५.५६ प्रतिशत पुगेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा पनि बढेको छ । उक्त बैंकको निष्क्रिय कर्जा ४.९१ प्रतिशतबाट बढेर ५.८५ प्रतिशत पुगेको छ । सानिमा बैंकले पनि खराब कर्जा अनुपात बढाएको छ । सानिमाको २०८०/८१ मा १.७२ प्रतिशत रहेकोमा २०८१/८२ मा बढेर ३.०१ प्रतिशत पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सरकारी लगानी रहेको कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल, एभरेष्ट, स्टान्डर्ड चाटर्ड, लक्ष्मी सनराइज, माछापुच्छ«ेको खराब कर्जा अनुपात अघिल्लो आर्थिक वर्षको तुलनामा झिनो रुपमा घटाएका छन् ।