९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन

न्युज सेन्सेसनको मोहमा अदालतको गरिमा र मर्यादा भत्किने गरी समाचारहरु प्रकाशन भए अदालतले टुलुटुलु हेरेर बस्दैनः प्रधानन्यायाधीश राउत

न्युज सेन्सेसनको मोहमा अदालतको गरिमा र मर्यादा भत्किने गरी समाचारहरु प्रकाशन भए अदालतले टुलुटुलु हेरेर बस्दैनः प्रधानन्यायाधीश राउत
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा पत्रकारको पहुँचका लागि इजलासमै छुट्टै स्थान बनाएर बस्ने व्यवस्था मिलाउने बताउनुभएको छ ।

ललितपुरमा आयोजित सर्वोच्च अदालतमा मुद्दा वक्यौताको स्थिति र प्राथमिकताका क्षेत्रहरु विषयमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पत्रकारको न्यायालयमा सहज पहुँच नभएको भन्ने गुनासोप्रति आफू गम्भीर रहेको बताउनु भयो । उहाँले सूचना दिनका लागि आफूहरु प्रयत्नशिल रहेको उल्लेख गर्दै इजलासमै बस्नका लागि पनि बाहिर छुट्टै स्थान बनाउने व्यवस्था गर्ने बताउनु भयो । अदालतको बारेमा टिकाटिप्पणी, आलोचना नहोस् भन्ने आफूले नठान्ने तर नभएको तथ्य उजागर गरेर अदालतको हुर्मत लिने काम नगर्न चेतावनी दिनुभयो । अदालतबाट मान्छेको भरोसा डग्मगाएको भए यसरी लाखौँ मुद्दा दर्ता नहुने उहाँको भनाइ छ । आफू पूर्ण प्रेस स्वतन्त्रताको हिमायती रहेको उल्लेख गर्दै न्युज सेन्सेसनको मोहमा अदालतको गरिमा र मर्यादा भत्किने गरी समाचारहरु प्रकाशन भए अदालतले टुलुटुलु हेरेर नबस्ने बताउनु भयो । न्यायालयले आफ्नो मर्यादा ननाघ्ने र संयमता पनि नगुमाउने स्पष्ट पार्नुभयो । मर्यादा र संयमता भित्र पूर्ण प्रेस स्वतन्त्रतालाई कसरी सम्मान गर्ने भन्नेकुरामा न्यायिक नेतृत्व सजग र संवेदनशिल रहेको उहाँको भनाइ छ ।

प्रधानन्यायाधीश राउतले भन्नुभयो, ‘पत्रकारको न्यायालयमा पहुँच भएन की भन्ने छ । यसलाई मैले गम्भीरतापूर्वक लिएको छु । कम भयो की भन्ने छ । मुख्य रजिस्टार यहीँ हुनुहुन्छ । सूचना दिनका लागि हामी प्रयत्नशिल छौँ । त्यहाँ बस्नका लागि बेन्चमै पनि इजलासको बाहिर बस्न एउटा छुट्टै रो पनि बनाउन सकिन्छ भने त्यो पनि सक्छौँ । कुनै कुरामा विघ्न बाधा छ भने त्यसलाई हटाउँछु । मेरो संवैधानिक दायित्व पूरा गर्न म कठोरसँग लाग्नेछु । अदालतको बारेमा टिकाटिप्पणी, आलोचना नहोस् भन्ने पनि होइन । तर नभएको सत्य, तथ्य उजागर गरेर अदालतको हुर्मत लिनु हुँदैन । यदी अदालतबाट मान्छेको भरोसा डग्मगाएको भए यसरी लाखौँ मुद्दा कहीँ पर्छ ? जुन कुरा होइन, नभएको कुरा होइन भनेर संप्रेषण गर्नुपर्छ । म पूर्ण प्रेस स्वतन्त्रताको हिमायती मान्छे हुँ । म कलमबाट परेको बेलामा गर्नुपर्ने सम्मान र समर्थन गर्न म तयार छु । तर न्युज सेन्सेसनको मोहमा अदालतको गरिमा र मर्यादा गरिमा भत्किने गरी ति कुराहरु उजागर हुन थाल्यो भने फेरि के अदालत टुलुटुलु हेरेर मात्रै बस्न मिल्छ ? हामीले सन्तुलन खोज्नुपर्दैन ? हामी मर्यादा नाघ्दैनौँ । हामी संयमता पनि गुमाउँदैनौँ । मर्यादा र संयमता भित्र पूर्ण प्रेस स्वतन्त्रतालाई कसरी सम्मान गर्ने भन्नेकुरामा न्यायिक नेतृत्व सजग र संवेदनशिल छ ।’

प्रधानन्यायाधीश राउतले न्यायालयलाई भरोसा र विश्वासको केन्द्र बनाउन आफूहरु लागिपरेको बताउनु भयो ।