१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव

ग्रेटर नेपालको मुद्दा लिएर अन्तर्राष्ट्रिय अदालत जान सुझाव

ग्रेटर नेपालको मुद्दा लिएर अन्तर्राष्ट्रिय अदालत जान सुझाव
अ अ+ अ-

काठमाडौं । भारतले मिचेको नेपाली भूमि फिर्ता नगरे ग्रेटर नेपालको मुद्दा लिएर अन्तर्राष्ट्रिय अदालत जानुपर्ने माग तीव्र रूपमा उठ्न थालेको छ । भारतले पछिल्लोपटक चीनको मानसरोवर जाने बाटो बनाउँदा लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भूमि हडपेकाले फिर्ता लिन अन्तर्राष्ट्रिय अदालत गुहार्नुको अर्को विकल्प नभएको सीमाविद् तथा विज्ञको भनाइ छ । नेपाली शासक तथा प्रशासकको विगतदेखिकै असक्षमताका कारण भारतको हेपाहा प्रवृत्ति बढ्दै जाँदा सरकारले सडक निर्माणकार्य रोक्न नसकेको उनीहरूको तर्क छ । सीमाविद् हेमन्त सेढाईंले भारतीय पक्षले मिचिएको भूमि फिर्ता नगरे ग्रेटर नेपालको मुद्दा लिएर अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताए । उनले ब्रिटिस सरकारले सन् १८१६ देखि १८५६ सम्म १२ वटा नक्सा र चीनले १९०३ र १९२१ मा बनाएका दुई नक्सामा लिम्पियाधुरा नेपाली भूमि भएको उल्लेख हुनाले सो भूमि फिर्ता गर्न भारतले नमाने टिष्टादेखि काँगडासम्मको भूभाग नेपालकै दाबी गर्दै अन्तर्राष्ट्रिय अदालत जानुपर्ने सुझाव दिए । भारतले सन् १९९९ देखि सो बाटो बनाउन सुरु गरेको थियो । ‘जतिखेर भारतीय पक्षले बाटो खन्न नेपाली भूमिमा डोजर चलाउन थाल्यो, त्यतिबेला राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन थियो । तत्कालीन राजा र उनका सहयोगीले आफ्नै भूमिमा विदेशीले डोजर चलाउँदा पनि रोक्न कुनै पहल नै गरेनन्,’ सीमाविद् सेढाईंले भने । उनले भारतले त्यसपछि खण्डखण्ड गरेर ६ वटा प्रोजेक्टमार्फत सो बाटो खन्ने काम सम्पन्न गरेको बताए ।

भारतले सो सडक खन्न थालेदेखि उद्घाटन गरेसम्म नेपालमा १२ पटक सरकार परिवर्तन भइसकेको छ । यो अवधिमा तत्कालीन राजा ज्ञानेन्द्र स्वयंले मन्त्रिपरिषद् अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै, गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, शेरबहादुर देउवा र केपी ओलीले सरकारको नेतृत्व गरेका थिए । ‘तर, विगतका कुनै पनि सरकारले यो विषयमा चासो नै दिएनन् । अहिले ओली सरकारले मात्रै चासो राखेर भूमि फिर्ताका लागि पहल गरेको छ, सरकारको सो कार्यमा सबैले सहयोग गर्नुपर्छ,’ सीमाविद् सेढाईंले भने ।

उनले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा जमिन मिचियो भन्नेलाई उल्टै हप्काउने काम भएको स्मरण गरे । सीमाविद् सेढाईंले वर्तमान सरकारलाई मिचिएको भूमि फिर्ता गर्ने कार्यमा सबैले साथ दिनुपर्नेमा जोड दिए । वरिष्ठ पत्रकार तथा सीमाविज्ञ भैरव रिसालले मिचिएको भूमि फिर्ता गर्ने कार्यमा सरकारले नै मुख्य अग्रसरता लिनुपर्ने र सबैले सघाउनुपर्ने बताए । नेपालमा राजनीतिक दलभित्र आन्तरिक खिचातानी र अन्य राजनीतिक शक्तिबीच किचलो हुँदा भारतले नेपाललाई थिच्ने गरेको उनीहरुले सुनाए । नेपाली भूमि २००८ सालदेखि तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको पालादेखि नै मिचिन थालेको उनीहरूको भनाइ छ । चीनले छापेको नक्सामा स्पष्टसँग नेपाल, भारत र चीनको त्रिदेशीय स्थान नेपालको लिम्पियाधुरा हो भनेर लेखिएको प्रमाण रहेको सीमाविद् सेढाईंको भनाइ छ ।त्यस्तै, ब्रिटिसले निकालेको १२ थान नक्सामा पनि लिम्पियाधुरा नेपालको भूभाग भन्ने स्पष्ट छ । त्यो नक्सामा कालीनदीको शिर कुन हो भन्ने विषय पनि स्पष्ट देखिएको सीमाविद्ले बताएका छन् । सीमाविद्का अनुसार लिम्पियाधुराबाट बगेको कालीनदीबारे सन् १८१६ मा भएको सुुगौली सन्धिमा स्पष्ट लेखिएको छ । त्यतिखेरको नक्सामा कालीनदीको शिर लिम्पियाधुरा नै हुने भन्ने छ । भारतले कुवा र खोल्सा बनाएर कालीनदी भनेर अर्कै मानेको विषय नक्साबाट पनि स्पष्ट हुने सीमाविद् सेढाईंको भनाइ छ । ‘भारत आफैंले बनाएका नक्सामा लिम्पियाधुरा आसपास क्षेत्र विवादित भनेको छ । अन्तर्राष्ट्रिय अभ्यासमा पनि विवादित क्षेत्रमा कुनै पनि संरचना बनाउन पाइँदैन । जताबाट अध्ययन गरे पनि भारतको त्रुटि देखिन्छ,’ सीमाविद् सेढाईंले भने ।

भारतले सन् १८५६ र नेपालले १९७५ पछि मात्र नक्सा बनाउन थालेका हुन् । यसअघि सर्भे अफ इन्डियाले नेपालको नक्सा बनाइदिन्थ्यो, सोही नक्सा नेपालले प्रयोग गथ्र्यो । भारतले सन् १९७५ पछि लिम्पियाधुरा हटाएर नक्सा बनाएको थियो । यस्तै, लिम्पियाधुरा नेपालमै रहेको स्पष्ट लेखिएको नक्सा ब्रिटिस लाइब्रेरीमा छ । महाकाली नदीको शिर नै लिम्पियाधुरा भन्नेमा चीनले पनि यसअघि नै सहमति जनाइसकेको थियो । ‘नेपालले १ सय वर्षको नक्सा भिडाउनेबित्तिकै नेपालको भूभाग थाहा पाइन्छ, यस विषयमा नेपाल डटेर अघि बढ्नुपर्छ,’ सीमाविद् सेढाईंले भने ।

नेपाली भूमिमा भारतीय सेना कसरी बसे ?
सीमाविद् सेढाईंका अनुसार २००७ सालमा प्रजातन्त्रको उदयपछि २००८ सालमा मात्रिकाप्रसाद कोइरालाको अध्यक्षतामा आठ जनाको मन्त्रिमण्डल बनेको थियो । त्यसपछि उनी ११ मंसिरमा भारत भ्रमणमा गएका थिए । उनले भारतमा पाँच बुँदे शान्ति सम्झौता गरे । त्यतिबेला पाँच बुँदामध्ये कोसी सम्झौता र चीनको सिमानामा १७ वटा भारतीय सेना राख्ने क्याम्प राख्न दिने राष्ट्रघाती सम्झौता भएको थियो । त्यतिबेला प्रत्येक क्याम्पमा १ सयका दरले १७ सय भारतीय सेना नेपाली भूमिमा राखिएको थियो । अहिलेको नेपाली सेनाको प्रधान कार्यालय रहेको ठाउँ त्यतिबेला शशि भवनका नामले चिनिन्थ्यो । त्यहाँ ३ सय भारतीय सेना राखिएको थियो ।

क्याम्प हटेन
त्रिभुवनको मृत्युपछि महेन्द्र राजा भए । २०२६ सालमा कीर्तिनिधि विष्ट प्रधानमन्त्री भएपछि नेपाल र चीनको सिमानामा राखिएको १७ वटा सैनिक क्याम्पलाई हटाउने आदेश पनि दिइएको थियो । तर, नेपालकै केही प्रशासकबाट र माननीयबाट १७ वटा क्याम्पबाट सेना हटेको गलत सूचना तत्कालीन प्रधानमन्त्री विष्टलाई दिइए । अहिले तीनै सेना कालापानी, लिम्पियाधुरा र लिपुलेकमा थप भएर बसेका हुन् । त्यतिबेला नापी, कुटी, खुन्जी, गोब्याङमा २५ जनाका दरले सय जना भारतीय सेना बसेका थिए । सन् १९६२ मा चीन र भारतबीच भएको युद्धमा भारतले पराजय बेहोरे पनि नेपाली भूमिमा बसेका भारतीय सेना भने नफर्किएको सीमाविद्को भनाइ छ । राजधानी दैनिक