४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अर्थमन्त्री पौडेलको आह्वानः नेपाल लगानीका दृष्टिकोणले सुरक्षित छ, लगानी बढाउनुस्

अर्थमन्त्री पौडेलको आह्वानः नेपाल लगानीका दृष्टिकोणले सुरक्षित छ, लगानी बढाउनुस्
अ+ अ-

काठमाडौँ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित मुलुकका रुपमा प्रमाणित भएको बताउनुभएको छ ।

शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले सार्वभौम क्रेडिट रेटिङको नतिजासँगै नेपाल लगानीका लागि सुरक्षित रहेको प्रमाणित हुने जिकिर गर्नुभयो । उहाँले क्रेडिट रेटिङको काम सरकारले शुरु गरेको र यो अन्तिम नभइ शुरुवात भएको बताउनु भयो । उहाँले क्रेडिट रेटिङलाई निरन्तरता दिने र आवधिक रुपमा अर्थतन्त्रको स्वास्थ्य स्थितिलाई सार्वजनिक गर्दै जाने बताउनु भयो । उहाँले यस पटकको क्रेडिट रेटिङ र यसको नतिजाले स्वभाविक रुपमा नेपाल लगानीका लागि अनुकुल गन्तव्य भएको सन्देश विश्वव्यापी रुपमा गएको बताउनु भयो । उहाँले नेपालमा लगानी गर्न आह्वान गर्दै नेपालमा लागनी गर्नेहरुले राम्रो प्रतिफल पाउने जिकिर गर्नुभयो । नेपालमा लगानी गर्नका निम्ति उत्साहका साथ सहभागी हुन आह्वान गर्नुभयो । उहाँले नेपालको अर्थतन्त्रलाई अझ सबल, सुदृढ र शक्तिशाली बनाउने र लगानीका निम्ति अझ अनुकुल परिस्थिति निर्माण गर्न सबैले समान भुमिका खेल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘क्रेडिट रेटिङको काम हामीले शुरु गरेका छौँ । यो अन्तिम होइन, शुरुवात थियो । क्रेडिट रेटिङलाई निरन्तरता दिन्छौँ । हामीले आवधिक रुपमा हाम्रो अर्थतन्त्रको स्वास्थ्य स्थिति के छ भन्नेकुरालाई आवधिक रुपमा सार्वजनिक पनि गर्दै जान्छौँ । यो हाम्रो क्रेडिट रेटिङको श्रृंखलाको पहिलो एपिसोड हो । आउने दिनमा यसलाई निरन्तरता दिन्छौँ भन्ने पनि म विश्वास दिलाउन चाहन्छु । यस पटकको क्रेडिट रेटिङ र यसको नतिजाले स्वभाविक रुपमा नेपाल लगानीका लागि अनुकुल गन्तव्य हो भन्ने र नेपालमा गरिने लगानी सुरक्षित हुन्छ भन्ने सन्देश विश्वव्यापी रुपमा दिन सफल भएका छौँ । क्रेडिट रेटिङको महत्वपूर्ण पक्ष यो हो । संसारभर रहेका लगानीकर्ताहरुलाई आग्रह गर्न चाहन्छु, नेपाल साँच्चै नै लगानीका दृष्टिकोणले सुरक्षित मुलुक हो । यहाँ लगानी गर्नेहरुले राम्रो प्रतिफल आर्जन गर्नसक्छन् । नेपालमा लगानी गर्नका निम्ति उत्साहका साथ सहभागी हुनुस् भनेर संसारभरका निजी क्षेत्रलाई अनुरोध गर्न चाहन्छु ।’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले कन्ट्रि रेटिङमा नेपालले डबल बी माइनसको रेटिङ पाएको र यो दक्षिण एशियामा अनुकुल नतिजा रहेको बताउनु भयो । उहाँले क्रेडिट रेटिङको नतिजा प्रकाशित गर्ने मात्र नभइ आउने दिनमा प्रत्यक्ष वैदेशिक लगानीका निम्ति अनुकुल हुने परिस्थिति निर्माण गर्न कानूनी र संरचनागत सुधार गर्न तयार रहेको बताउनु भयो । आफूहरु बिबि माइनसमा मात्रै चित्त बुझाएर नबस्ने भन्दै क्रमशः आगमी दिनमा सबल र सुदृढ बनाउने बताउनु भयो । —न्युज एजेन्सी नेपाल