१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

अर्थतन्त्रलाई खलबल्याउन कम्बोडियामा लगानीको अफवाह फैलाइयोः प्रधानमन्त्री ओली

अर्थतन्त्रलाई खलबल्याउन कम्बोडियामा लगानीको अफवाह फैलाइयोः प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको अफवाह फैलाइएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंको दरबारमार्गमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्नुहुँदै उहाँ कम्बोडियाको टेलिकममा लगानी गरेको अफवाह फैलाइरहेको उल्लेख गर्दै तथ्यसहित बहस गर्न चुनौती दिनुभएको हो ।

उहाँले अहिलेको सरकार भ्रष्टाचार गर्न र आफ्नाहरु पोस्नका लागि नबनेको भन्दै कसैले हल्लाउन नसक्ने जिकिर गर्नुभयो । नेपाली जनताले ठूलो संघर्ष र बलिदान गरेर ल्याएको लोकतन्त्रलाई, सार्वभौम जनताको हैसियतलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । देश र जनताको लागि पहरेदार र सिपाहीका रुपमा नेकपा एमाले रहेको उहाँको भनाइ छ । अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोलिएको प्रधानमन्त्री ओलीले बताउनु भयो । आफूहरु कमिसनखोरी गर्नका लागि सरकारमा नगएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्न र आफ्ना भर्ती गर्न सरकारमा नगएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेकपा एमाले र नेपाली काँग्रेस प्रतिष्पर्धी पार्टी पनि हुन् । तर अहिले यी दुई पार्टी किन एक ठाउँमा छन् ? किनकी अहिले हामीबीचको प्रतिष्पर्धाभन्दा महत्वपूर्ण कुरा हाम्रो एकता हो । देशलाई अपm्ठ्यारोमा पार्न खोजिएको छ । लोकतन्त्रलाई अपm्ठ्यारोमा पार्न खोजिएको छ । संविधान मास्न खोजिएको छ । अराजकताको स्थिति ल्याउन खोजिएको छ । अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोजिएको छ । नेपाली जनताले ठmुो संघर्ष र बलिदान गरेर ल्याएको लोकतन्त्रलाई, सार्वभौम जनताको हैसियतलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको छ देशमा देश र जनताको लागि पहरेदार र सिपाहीका रुपमा नेकपा एमाले रहेको छ र रहनेछ ।

नेकपा एमालेलाई कसैले हल्लाउन सक्ने छैन । अहिलेको समिकरणलाई कसैले हल्लाउन सक्ने छैन । अहिलेको सरकारलाई कसैले हल्लाउन सक्ने छैन । किनभने अहिले हामी कुनै कमिसनखोरी गर्नका लागि सरकारमा गएका होइनौं । भ्रष्टाचार गर्न होइन, आफ्ना भर्ती गर्नका लागि होइन । म विभिन्न पार्टीका नेता साथिहरुलाई भन्न चाहान्छु । तपाईंहरु नेकपा एमालेतिर औँलो ठड्याएर बोलिरहनुभएका छ । के तपाईहरु साच्चै बहस गर्न सक्नुहुन्छ नेकपा एमालेसँग ? तथ्यसहित बहस गर्न सक्नुहुन्छ । भन्दिए त भयो नि कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड डलर,स्विस बैंकमा यत्ती हजार ? तपाईहरु त हेर्न जानुहुन्न । यस्ता फाल्तु कुराहरु गरेर केही छैन । देशको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन र ध्वस्त बनाउनका लागि यस्ता कुराहरु भएका हुन् ।’

मुलुकको मौद्रिक नीति सहजतातर्फ फर्किरहेको बताउँदै उहाँले सबै उद्योगीहरुलाई ढुक्क भएर व्यापार व्यवसाय सञ्चलान गर्न आग्रह गर्नुभयो ।