२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी

सबैभन्दा धेरै दर्ता हुने मुद्दा बैकिङ कसुरका छन्ः प्रहरी

सबैभन्दा धेरै दर्ता हुने मुद्दा बैकिङ कसुरका छन्ः प्रहरी
अ अ+ अ-

काठमाडौँ । पछिल्लो समय आर्थिक अपराधमा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार सबैभन्दा बढी मुद्दा दर्ता बैकिङ कसुरमा हुने गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मुख्य १० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दालाई विश्लेषण गर्दा बैकिङ कसुुर पहिलो नम्बरमा रहेको बताउनु भयो । बुधवार परिसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गत आर्थिक वर्ष २०८१÷०८२ मा ६ हजार ५ सय ५३ वटा मुद्दाहरु बैकिङ कसुरका दर्ता भएको जानकारी दिनुभयो ।

गतवर्ष १२ हजार ९ सय १५ वटा मुद्दा दर्ता भएका थिए । उहाँकाअनुसार बैकिङ कसुरपछि अभद्र व्यवहारका मुद्दा १ हजार ९ सय ५३ वटा रहेका छन् । त्यसपछि क्रमशः चोरी, ठगी, लागुऔषध, आत्महत्त्या, जबर्जजस्तीकरणी, ज्यान मार्ने उधोग, सवारी ज्यान र अंगभंगका घटनाहरु रहेको उहाँले बताउनुभयो । चोरीका ९५१, ठगीका ७४७, लागूऔषधका ४३१, आत्महत्याका ३३२, जबर्जजस्ती करणी २४४, ज्यान मार्ने उधोग १४०, सवारी ज्यान १०० र सवारी अंगभंग ७४ वटा मुद्दा दर्ता भएका छन् ।

औसतमा दैनिक ३५ वटा मुद्दा दर्ता भएको देखिएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिनुुभयो । उहाँकाअनुसार यी १० प्रकारका मूख्य संख्याका अपराधहरुले जम्मा मुुद्दाको ८९ प्रतिशत हिस्सा ओगटेका छन् ।  उहाँले भन्नुभयो, ‘१० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दा हामीले हे¥यौँ भने बैकिङ कसुरका मुद्दाहरु सबैभन्दा टपमा छन् । ६ हजार ५५३ वटा केसहरु बैकिङ कसुरका छन् । त्यसपछि हामीले अभद्र व्यवहारका मुद्धा १ हजार ९५३ छ । त्यसपछि क्रमशः चोरी, ठगी, लागुऔषध, आत्महत्त्या, जबर्जजस्ती करणी, ज्यान मार्ने उधोग, सवारी ज्यान र अंगभंगका घटनाहरु रहेका छन् । औषतमा हेर्ने हो भने १२ हजार ९ सय १५ वटा केसलाई हामीले ३ सय ६५ दिनमा विभाजन ग¥यौँ भने यो चाँही ३५ वटा प्रतिदिन मुद्दा दर्ता भएको देखिन्छ । यी १० प्रकारका मुख्य संख्याका अपराधहरु हुन् । यीनीहरुले चाँही जम्मा मुुद्दाको ८९ प्रतिशत हिस्सा ओगटेका छन् । त्यसमा पनि सबैभन्दा ठूलो भोल्युम चाहीँ बैकिङ कसुरमा रहेको छ ।’ 

यस्तै उहाँले काठमाडौ जिल्लामा ८ सय १५ जना प्रहरी दरबन्दी रिक्त रहेको पनि जानकारी दिनुभयो । काठमाडौं जल्लाको लागी कुल दरबन्दी कुल दरबन्दी ४ हजार १६ भएपनि हाल ३ हजार २ सय ३३ जना प्रहरी जनशक्ति कार्यरत रहेको उहाँले बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘काठमाडौं जिल्लाको लागी कुल दरबन्दी कुल दरबन्दी ४ हजार १६ हो । ४ हजार १६ मा अहिले हामी ३ हजार २ सय ३३ जना प्रहरी जनशक्ति कार्यरत छौँ । यसरी हेर्दाखेरी आज हामीसगै ८ सय १५ जना दरबन्दी भएको व्यक्तिहरुको कमी छ ।’  

जिल्ला प्रहरी परिसर काठमाडौंले गतवर्ष फैसला कार्यन्वयन तर्फ ५ हजार ५ सय १२ जनाबाट २४ करोड २० लाख ९४ हजार ८५९ रुपैयाँ जरिवाना असुल गरेको छ । यस्तै ६ करोड ८५ लाख ५० हजार १०६ रुपैयाँ बराबरको हुण्डी रकम बरामद गरेको छ । कार्यलयले १२ करोड ७५ लाख ८ हजार ८ सय २८ रुपैयाँ राजस्व दाखिला समेत गरेको छ ।