२४ श्रावण २०८३, आईतवार
,
Latest
नेपालयले ल्यायो २५ वर्षमुनिका ७५ लेखक नेपालको पहिलो ‘कमेडी एक्ट’ रियालिटी शो ‘सुपर कमेडी लिग’ को घोषणा, राजेश हमाल मुख्य निर्णायक बालेन नेतृत्वको सरकार ‘शासकीय अराजकता’मा फस्यो : गगन थापा फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल पुल बनाइँदै, बेनी–दरवाङ सडकको जोखिम घट्ने ‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रश्ताव उच्च आर्थिक वृद्धिको लागी नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यकः उपाध्यक्ष डा. भट्ट रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता विश्व आदिवासी दिवसमा सांस्कृतिक झाँकी- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान गरिने छैनः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान नगरिने बताउनुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक जागरण, सामाजिक न्याय, महिलाका अधिकार लढेर आएका पार्टीहरुको सरकारले बहुविवाहलाई मान्यता दिनेगरी कानून ल्याउन नसक्ने बताउनु भयो । यसबारे सरकारलाई नै जानकारी नरहेको भन्दै यो कुनैपनि हालतमा अस्वीकार्य हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हल्लाहरु चल्ने गरेका छन्, जसको आधार छैन । एउटा विषय बहुतै सेन्सेटिभ भएर उठेको देखिन्छ । बहुविवाहलाई मान्यता दिनेगरी कानून ल्याउने भयो सरकारले भनेर । सामाजिक जागरण, सामाजिक न्याय, महिलाका अधिकार लढेर आएका पार्टीहरुको सरकारले बहुविवाहलाई मान्यता दिनेगरी कानून ल्याउँछ भन्ने ? कसरी भयो । हल्ला कसले चलायो । सरकारले थाहा पाएको छैन, मैले थाहा पाएको छैन । बहुविवाहलाई मान्यता दिनेगरी कानून ल्याउन लागिएको छैन । बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान गरिनेछैन ।’

प्रधानमन्त्री ओलीले एकतावद्ध भएर देशमा सुशासन र विकासको गतिलाई अघि बढाउन लाग्नुपर्ने बेला रहेको बताउनु भयो ।