११ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैदीबन्दीहरुलाई सरकारले निःशुल्क कानूनी सहायता उपलब्ध गराएको छः मन्त्री चौरसिया



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले कैदीबन्दीहरुलाई सरकारले निःशुल्क कानूनी सहायता उपलब्ध गराएको बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कानून मन्त्रालयले निःशुल्क कानूनी सहायता कैदीबन्दीहरुले पाएका छन् की छैनन् भनेर मात्रै हेर्ने काम रहेको र त्यो सबैले पाएको जिकिर गर्नुभयो । कानून सुधारका कामहरु पनि भइरहेको उहाँको भनाइ छ । कारागार अध्ययन, थुनुवा कोठाहरुको अध्ययन र कारागारमा रहेका बन्दीहरुको अवस्थाको सम्बन्धमा पनि अध्ययन प्रतिवेदनको सुझावअनुसार काम भइरहेको बताउनु भयो ।

मन्त्री चौरसियाले भन्नुभयो, ‘कानून मन्त्रालयले हेर्ने भनेको निःशुल्क कानूनी सहायता कैदीबन्दीहरुले पाएका छन् की छैनन् भन्ने हो । त्यो पाएका छन् । कतिपय ठाउँमा सरकारले संघीय सरकारले पनि र जिल्ला जिल्लामा र अदालतमा पनि निःशुल्क कानूनी सहायता हुन्छ । मधेस सरकारले अलग किसिमबाट निःशुल्क कानूनी सहायता अधिकृत नियुक्ति गरेको छ । कानून सुधारका कुराहरु पनि उठेका छन् । कानून सुधारका कुरामा सांसदज्युहरुले कारागार अध्ययन, थुनुवा कोठाहरुको अध्ययन र कारागारमा रहेका बन्दीहरुको अवस्थाको सम्बन्धमा सभापतिजीकै अध्यक्षमा भएको बैठकबाट प्रतिवेदन दिनुभएको छ । कानून सुधारका कुराहरु अघि बढाएको छ ।’

मन्त्री चौरसियाले विवाहको उमेरको कारणले कारागारमा रहेका युवाहरुको विषयमा पनि कानूनमा सुधार गर्ने प्रश्ताव मन्त्रीपरिषद्मा पठाएको बताउनु भयो ।