२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारभित्र हुने हिंसात्मक घटना यो नै अन्तिम होस्ः एमाले प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले गृहमन्त्री रमेश लेखकलाई कारागारभित्र हुने हिंसात्मक घटना कैलालीकै अन्तिम हुनेगरी काम गर्न आग्रह गर्नुभएको छ ।

बुधवार बसेको कानून न्याय तथा मानव अधिकार समितको बैठकमा उहाँले गृहमन्त्रीको अगुवाईमा कारगार हुने यस्ता हिंसात्मक घटना ‘अब यो अन्तिम हो’ भन्ने ठाउँमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान गृहमन्त्री स्टन्ट गरेर हिँड्ने खालको नभई काम नेतृत्व भएको पनि बताउनु भयो । वर्तमान गृहमन्त्रीलाई काम गरेर देखाउने अवसर पनि रहेको उहाँको भनाई छ । उहाँले कारागारभित्र हुने हिंसात्मक घटना नियन्त्रणको लागी आवश्यक स्रात साधनको पहलकदमीको लागी सबैले पहल गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भोलिका दिनमा कारागार प्रशासनमा यस्ता दुर्घटना, हिंसात्मक क्रियाकलाप नहुन भन्नको लागी विशेषगरि गृह प्रशासनको मुल नेतृत्व गर्ने गृहमन्त्रीज्यु, यहाँ एउटा चाँही सुझबुझ पुर्ण नेतृत्व हो । देशले परसम्म देखेको नेतृत्व हो । यहाँ यो नेतृत्वमा रहँदै गर्दा कम्तिमा पनि कारागार प्रशासनमा किनभने हजुर स्टन्ट गरेर हिड्नुहुन्न भन्ने दुनियाँलाई थाहा छ । तपाई काम गर्नुहुन्छ । काम गर्ने नेतृत्व यो ठाउँमा भएको बेला विगतका गृहमन्त्रीहरुले के गर्नुभयो, छोड्दिम । तर आजको गृहमन्त्रीले कही गर्दैछ भन्ने देखाउने अवसर पनि हो । आवश्यक स्रोत साधनको पहलकदमीको लागी सिंगो हाउसको तर्फबाट हामीले आवश्यक सार्वजानिक विषय बनाएर विषय पहलकदमी गर्ने कुरा पनि गर्नुपर्छ । समितिले गर्नुपर्ने कुराहरु पनि हामी गर्छौ यहाँको अगुवाईमा कारगार हुने यस्ता हिंसात्मक घटना अव यो अन्तिम हो भन्ने ठाउँमा पु¥याउनुपर्छ ।’ 

कारगारभित्र चौकीदार वा नाईके, भाईनाईके बन्नको अस्वस्थ गुट, समुहहरु जन्मिन थालेको पनि उहाँले बताउनु भयो । नेतृत्वको पुग्नको लागि विभिन्न प्रकृतिका समूहहरु सिर्जना हुने र ती समूहहरु हिंसात्मकसम्म हुने गरेको उहाँको भनाई छ । यस्ता कुरालाई सरकारले कानूनी रुपमा व्यवस्थित गर्न ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । बैठकमा उहाँले कैदीबन्दीलाई उत्पादनमुलक काममा जोड्ने कुरामा पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो ।