२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशको भाषा विधेयकमा थारु भाषा समावेश नगरेको भन्दै सांसद चौधरीको आपत्ति



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले कोशी प्रदेश सरकारले ल्याएको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकमा थारु भाषा समावेश नगरेकोप्रति आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । कोशी प्रदेश मन्त्रिपरिषद्ले साउन १५ गते पारित गरी २०८२ साल कात्तिक २५ गतेदेखि लागू हुनेगरी ल्याएको विधेयकमा नेपालीसँगै केवल मैथिली र लिम्बु भाषा समावेश गरिएको भन्दै थारु भाषा बहिष्कृत हुनु संघीयताको मर्मविपरीत भएको चौधरीको आरोप छ । उहाँले कोशी प्रदेशमा ४ दशमलव २२ प्रतिशत नागरिकको मातृभाषा रहेको थारु भाषालाई उपेक्षा गर्नु आदिवासी थारु भाषा र संस्कृतिमाथि निर्मम प्रहार भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कोशी प्रदेश सरकारले यही साउन १५ गतेको मन्त्रिपरिषद् बैठकबाट पारित गरेको २०८२ साल कात्तिक २५ गतेदेखि लागू हुनेगरी ल्याएको प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकमा नेपाली भाषासँगै केवल मैथली भाषा र लिम्बु भाषालाई समावेश गरेकोमा गम्भीर आपत्ति प्रकट गर्दछु । कोशी प्रदेशका ४ दशमलव २२ प्रतिशत नागरिकको मातृ भाषा रहेको थारु भाषालाई संघीयताको मर्मविपरित उपेक्षा गर्नु आदिवासी थारु भाषा र संस्कृतिमाथिको निर्मम प्रहार हो । जसको म घोर भत्र्सना गर्दछु । तर्सथ थारु भाषालाई पनि प्रदेशको कामकाजको भाषामा तत्काल समावेश गर्न सभामुख महोदयमार्फत कोशी प्रदेश सरकारसँग जोडदार माग गर्दछु ।’

चौधरीले सभामुखमार्फत कोशी प्रदेश सरकारलाई तत्काल थारु भाषालाई पनि सरकारी कामकाजको भाषामा समावेश गर्न माग गर्नुभयो । उहाँले सरकारले सहकारी ठग गितेन्द्रबाबु राईलाई कहाँ लुकाएको छ ? भन्दै प्रश्न समेत गर्नुभयो ।