५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनी काठमाडौं महानगरको गरिब क्वारेन्टाइन व्यवस्था



अ+ अ-

राहतमा ६ करोडभन्दा बढी खर्च गर्न सक्ने काठमाडौं महानगरपालिकासँग क्वारेन्टाइन व्यवस्थापनका लागि आफ्नो कुनै ठाउँ छैन । केही दिनअघि परीक्षण गर्दा महानगरको वातावरण व्यवस्थापन महाशाखाका फोहोरमा काम गर्ने ३१ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो । त्यस बेला ती कर्मचारीलाई क्वारेन्टाइनमा राख्न ठाउँ अभाव भएपछि विभागीय प्रमुख, महाशाखा प्रमुख र लेखा शाखा रहेको अफिस भवनमा कोचकाच पारिएको थियो । हतार–हतारमा टेबुल–कुर्सी र सोफा हटाएर ती कर्मचारीलाई क्वारेन्टाइनमा राखेको समाचार बाहिर आयो । विभागका कर्मचारीका अनुसार क्वारेन्टाइन नभएपछि ३१ जना कर्मचारीलाई रात काट्नसमेत समस्या परेको थियो । यो त एउटा उदाहरण मात्र हो, यदि महानगर क्षेत्रभित्रका जनता वा कर्मचारीलाई कोरोना संक्रमण देखिए महानगरमा राख्ने ठाउँ छैन । उपत्यकाका अधिकांश स्थानीय तहले आफ्नो स्वामित्वमा क्वारेन्टाइन सञ्चालन गरे पनि देशकै सबैभन्दा धनी काठमाडौं महानगरसँग क्वारेन्टाइन नहुनुु अस्वाभाविक छ ।

कामपाका प्रवक्ता ईश्वरमान डंगोलले क्वारेन्टाइन बनाउने विषयमा अध्ययन भइरहेको जानकारी गराउँदै भने– ‘यो समस्या समाधान गर्ने पहलमा छौं । कामपाले ४ वटा क्वारेन्टाइन बनाएको छ । म अध्यक्ष रहेको १५ वडामा भए पनि काम लाग्ने अवस्थामा छैन ।’ ललितपुर महानगरपालिकाले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० को खेल मैदानमा क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ । ‘हामीले बनाउनुपर्ने हो, विभिन्न कारणले गर्दा सकेका छैनौं ।’ –प्रवक्ता डंगोलले बताउनुभयो । कामपाका प्रमुख कार्यकारी अधिकृत (सचिव) एकनारायण अर्यालले काठमाडौंमा क्वारेन्टाइन निर्माण गर्ने विषयमा छलफल भए पनि कामपा आफैंले क्वारेन्टाइन बनाउने विषयमा कुनै निर्णय नभएको बताए । तर, कामपाको आइतबार बसेको बोर्डको बैठकमा आफ्नै कर्मचारीलाई क्वारेन्टाइनमा राख्न समस्या भएको गुनासो गर्दै क्वारेन्टाइन निर्माण गर्ने विषय उठेको थियो ।

उपत्यकाका विभिन्न नगरपालिकालार्ई करोड रुपियाँसम्मको आर्थिक सहयोग गर्ने कामपाले क्वारेन्टाइन निर्माण गर्न नसक्नु दुःखको विषय भएको छ । कार्यकारी अधिकृत अर्यालले यो विषयमा चाडै निर्णय गर्ने तरखरमा रहेको बताए । नेपाल समाचारपत्र दैनिक