५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको डरमा अन्य प्रकृतिका बिरामी रोग पालेर बस्न बाध्य



अ+ अ-

काठमाडौं । कोभिड–१९ को जोखिम बढेसँगै अन्य प्रकृतिका बिरामी रोग पालेर बस्न बाध्य भएका छन् । गम्भीर प्रकृतिका रोग लागेका बिरामीका लागि अस्पतालको आकस्मिक सेवा खुले पनि उपचार नपाउँदा रोग पालेर बस्न बाध्य हुनु परेको छ । सरकारले ओपीडी सेवा बन्द नगर्न पत्राचार गरे पनि अहिले अधिकांश अस्पतालका ओपीडी सेवा बन्द छन् । निजी अस्पतालले सहज तरिकाले सेवा दिएका छैनन् ।मुख्यतः दीर्घ तथा विभिन्न प्रकृतिका रोगले ग्रसित बिरामीको नियमित चेकजाँचमा सकस भएको छ । यस्तै, मुटु रोगी, दम, मधुमेह, क्यान्सर र मिर्गौलापीडित मारमा परेका छन् । कोभिड–१९ संक्रमणको जोखिम बढ्नुअघि सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा दैनिक १ हजार बढी बिरामी आउँथे । त्रिवि शिक्षण अस्पतालमा दैनिक १ हजार २ सय बढी बिरामी उपचारका लागि आउने गरेका थिए । तर, हाल त्रिवि शिक्षण अस्पतालमै संक्रमण पुष्टि भएपछि अस्पतालमा स्वास्थ्य सेवा आंशिक रूपमा प्रभावित भएको छ ।

यस्तै, जिल्लाका अधिकांश सरकारी तथा निजी अस्पतालले सेवाप्रवाह नगरेको बिरामीबाट गुनासो आउन थालेको छ । सरकारले सबै अस्पतालको सेवा बन्द नगर्न आग्रह गर्दै आए पनि कार्यान्वयनमा आउन सकेको छैन । जसकारण, बिरामी घरमै रोग पालेर बस्न विवश छन् । सरकारले बिरामीका लागि ठोस कार्ययोजना बनाउन सकेको छैन । काठमाडौं उपत्यकाका ठूला अस्पताल र जिल्लामा रहेका अस्पतालले स्वास्थ्य सेवा सहज ढंगले प्रवाह नगरेको पाइएको छ । बिरामीलाई अस्पतालसम्म पुग्नै समस्या छ भने अस्पताल पुगे पनि सेवा सजिलैसँग पाउन नसकेको गुनासो गर्न थालेका छन् ।

धादिङबेंसी घर भएका हरि लम्साल एक्कासि मुटु दुखेपछि काठमाडौं पुगे । तर, अधिकांश अस्पताल चाहर्दा सेवा पाउन सकेनन् । यस्तै, नियमित मिर्गौला डायलायसिस गर्दै आएकाहरु पनि समस्यामा परेका छन् । प्यूठानकी ४५ वर्षीया तारा बस्नेतले भनिन्, ‘ममा एकदमै मुटु दुख्ने समस्या छ । काठमाडौंमा अस्पताल खुल्दैन होला । आए पनि सजिलै सेवा पाइँदैन होला ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीले अस्पतालले ओपीडी सेवा बन्द गर्न नमिल्ने बताए । उनले भने, ‘कुनै पनि बिरामीको उपचार रोकिनुहुँदैन । ओपीडी सेवा निरन्तर सञ्चालन गर्नुपर्छ ।’ चिकित्सकले स्वास्थ्यजन्य सामग्री पर्याप्त नहुँदा सेवा दिन अप्ठेरो भएको गुनासो गरेका छन् । राजधानी दैनिक