२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर

नयाँ नेपाल निर्माणका लागि युवाहरूलाई उद्यमशीलतासँग जोड्नुपर्छ : अध्यक्ष दाहाल

नयाँ नेपाल निर्माणका लागि युवाहरूलाई उद्यमशीलतासँग जोड्नुपर्छ : अध्यक्ष दाहाल
अ अ+ अ-

भक्तपुर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ नेपाल निर्माणका लागि युवाहरूलाई  उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभएको छ ।

भक्तपुरमा इको युथ नेपालले आज आयोजना गरेको इतिहासमै पहिलो र सबैभन्दा ठूलो मेकअप (शृङ्गारिक कला) कार्यशालाको समापनमा उहाँले सामन्तवादको छालमा महिलाहरू विभेद, अन्याय र अत्याचारको अवस्थाको अन्त्य गर्दै महिला मुक्तिका लागि अगाडि बढिरहेको बताउनुभयो ।

युवा महिलाहरूलाई उद्यामशीलता, तालिम र सीपमार्फत रोजगारी दिलाउन, सीपलाई वैधानिकता दिलाउन र आर्थिक सहयोग जुटाउन आफ्नोतर्फबाट प्रतिबद्ध भएर लाग्ने विशवास दिलाउनुभयो ।

आमनेपाली युवा महिलाहरूले उद्यमशील महिलाका जोश र ऊर्जा ग्रहण गर्नुपर्ने चर्चा गर्दै उहाँले कुनै राजनीतिक विशेष एवं सिद्धान्त सिद्धान्तभन्दा पनि पर रहेर रोजगारीको सृजनामा आफैँ लागेको देख्दा बन्दुक बिनाको सेनाझैँ लागेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “युवा महिलाहरू अगाडि उभिएर जोश, उत्साह, समर्थन हेर्दै गर्दा २१ औँ शताब्दीमा नेपाली महिलाहरू पनि नयाँ प्रविधिमार्फत रोजगारी दृष्टिकोणका निम्ति हातमा सीप लिएर अगाडि बढ्नुले निकै उत्साह थपेको छ ।”

कार्यक्रममा अध्यक्ष दाहालले एसियामै पहिलोपटक ठूलो कार्यशाला गरेबापत प्राप्त एसिया बुक अफ रेकर्ड अवार्ड इको युथ नेपाललाई प्रदान गर्नुभयो ।  माओवादीका नेताहरू दिलीप प्रजापतिले र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईलगायतले युवा महिलाहरूको ठूलो भेलाले नेपालमै हात सीप लिएर केही गर्न सक्छु भन्ने विश्वास लिएकाले सरकारले यस्ता सीप भएका महिलाका लागि लगानी बढाउनुपर्ने बताउनुभयो ।

कार्यशाखामा आज एकै दिन पाँच हजार युवा पुस्ताको सहभागिता रहेको थियो । युवा महिला एवं किशोरीहरूलाई मेकअप सीप (शृङ्गारिक कला) सिकाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा युथ इको नेपालका सचिव सुजन अधिकारीले आज बिहान १०ः०० बजेदेखि एकैसाथ नौ वटा हलमा ३० वटा शत्र सञ्चालन भएको जानकारी दिनुभयो ।

कार्यशाखामा १०० भन्दा बढी प्रशिक्षक र ३०० स्वयंसेवक परिचालन गरी सम्पन्न गरेको बताउँदै युवा पुस्तालाई मेकअप कला र यसको व्यवसायको गरेमा जानकारी गराएको बताउनुभयो ।

नेपालमा मात्रै नभई विश्वमै पहिलो यस प्रकारको कार्यशाला यो पहिलो भएको दाबी गर्दै उहाँले कार्यशालामा एसिया बुक अफ रेकर्ड राख्ने सफल भएर प्रमाणपत्र प्राप्त गरेकोमा खुसी व्यक्त गर्नुभयो । कार्यशालामा मेकअपसँग सम्बन्धित विभिन्न सीपहरू फेस मेकअप, हेयर स्टाइलिङ, छाला परीक्षण, नेल आर्टलगायतका सीप सिकाएको उहाँले बताउनुभयो ।

युथ इको नेपालका अध्यक्ष आकाश गजुरेलले कार्यशालाले हजारौँ युवालाई सीपसँग रोजगारीलाई जोडेर लैजान अभियानको पहिरो प्रारूप भएको बताउँदै हरेक शनिबार युवा वर्गलाई मेकअप सीप सिकाउँदै आएको बताउनुभयो ।

आयोजकमध्येकै युवा व्यवसायी एवं समाजसेवी नरेश रञ्जितले हातमा सीप भएका तर लगानी गर्ने पैसा नभएर अड्किएका युवा वर्गलाई साना पुँजी दिएर व्यवसाय सुरु गर्न सहयोग पुर्‍याउने उदृश्यले रु २० लाखको लगानी कोष निर्माण गरेको बताउनुभयो ।

हातमा सीप भएका तर लगानी गर्ने क्षमता नभएर अन्योलमा परेका युवा पुस्तालाई व्यवसाय सुरु गर्न यही कोषको रकमबाट लगानी गरिदिने उहाँले घोषणा गर्नुभयो । कार्यशाला सहभागीलाई प्रवेश निःशुल्क गरिएको र सहभागी सबैलाई प्रमाणपत्र वितरण गरेको छ ।रासस