१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ नेपाल निर्माणका लागि युवाहरूलाई उद्यमशीलतासँग जोड्नुपर्छ : अध्यक्ष दाहाल



अ+ अ-

भक्तपुर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ नेपाल निर्माणका लागि युवाहरूलाई  उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभएको छ ।

भक्तपुरमा इको युथ नेपालले आज आयोजना गरेको इतिहासमै पहिलो र सबैभन्दा ठूलो मेकअप (शृङ्गारिक कला) कार्यशालाको समापनमा उहाँले सामन्तवादको छालमा महिलाहरू विभेद, अन्याय र अत्याचारको अवस्थाको अन्त्य गर्दै महिला मुक्तिका लागि अगाडि बढिरहेको बताउनुभयो ।

युवा महिलाहरूलाई उद्यामशीलता, तालिम र सीपमार्फत रोजगारी दिलाउन, सीपलाई वैधानिकता दिलाउन र आर्थिक सहयोग जुटाउन आफ्नोतर्फबाट प्रतिबद्ध भएर लाग्ने विशवास दिलाउनुभयो ।

आमनेपाली युवा महिलाहरूले उद्यमशील महिलाका जोश र ऊर्जा ग्रहण गर्नुपर्ने चर्चा गर्दै उहाँले कुनै राजनीतिक विशेष एवं सिद्धान्त सिद्धान्तभन्दा पनि पर रहेर रोजगारीको सृजनामा आफैँ लागेको देख्दा बन्दुक बिनाको सेनाझैँ लागेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “युवा महिलाहरू अगाडि उभिएर जोश, उत्साह, समर्थन हेर्दै गर्दा २१ औँ शताब्दीमा नेपाली महिलाहरू पनि नयाँ प्रविधिमार्फत रोजगारी दृष्टिकोणका निम्ति हातमा सीप लिएर अगाडि बढ्नुले निकै उत्साह थपेको छ ।”

कार्यक्रममा अध्यक्ष दाहालले एसियामै पहिलोपटक ठूलो कार्यशाला गरेबापत प्राप्त एसिया बुक अफ रेकर्ड अवार्ड इको युथ नेपाललाई प्रदान गर्नुभयो ।  माओवादीका नेताहरू दिलीप प्रजापतिले र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईलगायतले युवा महिलाहरूको ठूलो भेलाले नेपालमै हात सीप लिएर केही गर्न सक्छु भन्ने विश्वास लिएकाले सरकारले यस्ता सीप भएका महिलाका लागि लगानी बढाउनुपर्ने बताउनुभयो ।

कार्यशाखामा आज एकै दिन पाँच हजार युवा पुस्ताको सहभागिता रहेको थियो । युवा महिला एवं किशोरीहरूलाई मेकअप सीप (शृङ्गारिक कला) सिकाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा युथ इको नेपालका सचिव सुजन अधिकारीले आज बिहान १०ः०० बजेदेखि एकैसाथ नौ वटा हलमा ३० वटा शत्र सञ्चालन भएको जानकारी दिनुभयो ।

कार्यशाखामा १०० भन्दा बढी प्रशिक्षक र ३०० स्वयंसेवक परिचालन गरी सम्पन्न गरेको बताउँदै युवा पुस्तालाई मेकअप कला र यसको व्यवसायको गरेमा जानकारी गराएको बताउनुभयो ।

नेपालमा मात्रै नभई विश्वमै पहिलो यस प्रकारको कार्यशाला यो पहिलो भएको दाबी गर्दै उहाँले कार्यशालामा एसिया बुक अफ रेकर्ड राख्ने सफल भएर प्रमाणपत्र प्राप्त गरेकोमा खुसी व्यक्त गर्नुभयो । कार्यशालामा मेकअपसँग सम्बन्धित विभिन्न सीपहरू फेस मेकअप, हेयर स्टाइलिङ, छाला परीक्षण, नेल आर्टलगायतका सीप सिकाएको उहाँले बताउनुभयो ।

युथ इको नेपालका अध्यक्ष आकाश गजुरेलले कार्यशालाले हजारौँ युवालाई सीपसँग रोजगारीलाई जोडेर लैजान अभियानको पहिरो प्रारूप भएको बताउँदै हरेक शनिबार युवा वर्गलाई मेकअप सीप सिकाउँदै आएको बताउनुभयो ।

आयोजकमध्येकै युवा व्यवसायी एवं समाजसेवी नरेश रञ्जितले हातमा सीप भएका तर लगानी गर्ने पैसा नभएर अड्किएका युवा वर्गलाई साना पुँजी दिएर व्यवसाय सुरु गर्न सहयोग पुर्‍याउने उदृश्यले रु २० लाखको लगानी कोष निर्माण गरेको बताउनुभयो ।

हातमा सीप भएका तर लगानी गर्ने क्षमता नभएर अन्योलमा परेका युवा पुस्तालाई व्यवसाय सुरु गर्न यही कोषको रकमबाट लगानी गरिदिने उहाँले घोषणा गर्नुभयो । कार्यशाला सहभागीलाई प्रवेश निःशुल्क गरिएको र सहभागी सबैलाई प्रमाणपत्र वितरण गरेको छ ।रासस