२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई जेल स्थानान्तरण नगर्नु दुःखद्ः काँग्रेस सांसद केसी



अ+ अ-

काठमाडौं ।नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेल सार्नका लागि गरेको आग्रहलाई राज्यले अस्वीकार गर्नु दुःखद् भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद केसीले अदालतले समेत जेल सार्नको लागि अनुमति दिएपनि स्थानारन्तरण नगरिनु दुःखद् भएको बताउनु भयो । उहाँले रूपन्देही कारागारमा मानव अधिकार आयोगको टोलीले अनुगमन गरेको विषय संसदमा उठाउँदै कारागारभित्र न्युनतम आधारभुत आवश्यकता पूरा गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कसैप्रति पनि कानूनी प्रक्रियाले हुने निर्णय आफ्नो ठाउँमा छ । तर राष्ट्रिय पार्टीको सभापति र पूर्वमन्त्री समेत भएको व्यक्तिलाई अदालतले ठाना स्थानान्तरको अनुमति दिँदादिँदै पनि स्थानान्तरण नरिनु दुःखद् मात्र होइन नबुझिँदो कुरा भएको छ । त्यसकारण सरकारले सम्पूर्ण देशहरुको वस्तुस्थिति हेरेर तिनिहरुको सुधारको निम्ति अहिलेको आवश्यकता देखेको छु ।’

उहाँले देशभरका कारागारहरुको अवस्था सुरधा गर्न माग समेत गर्नुभयो ।