५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यक्तिगत अपमान र गालीगलौज गर्ने काम रोक्न रास्वपालाई एमालेको चेतावनी



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र कार्यकर्ताहरूलाई व्यक्तिगत अपमान र गालीगलौज गर्ने काम रोक्न चेतावनी दिनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । आमाबाबुको नाम लिएर गालीगलौज गर्ने व्यवहार अहिले ठिक लागेपनि भविष्यमा धेरै भारी पर्ने उहाँको चेतावनी छ । उहाँले पार्टी सभापतिमाथि राजनीतिक प्रतिशोधको आरोप लगाउँदै हस्ताक्षर अभियान र चन्दा संकलन गरिरहेकोप्रति पनि कटाक्ष गर्नुभयो । आरोपिले बिगो भरेर अपराध स्वीकार गरिसकेको उल्लेख गर्दै हस्ताक्षर अभियानको कुनै औचित्य नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कसैलाई आमाको नाममा कसैलाई बाबुको नाममा कसैका स्वर्गारोहन हुनुभएको हजुरबुबाको नामममा समेत गाली गर्ने कार्य राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टीका कार्यकर्ताहरुबाट भइरहेको छ । म उहाँहरुलाई आग्रह गर्न चाहन्छु । यस्ता गालीहरु सुधार गर्नुहोस् । आज तपाईहरुलाई ठिक लागेपनि कालान्तरमा यही चिज तपाईंहरुलाई भारी हुन्छ । उहाँहरुले राजनीतिक प्रतिशोध भन्दै चन्दा संकलन तथा हस्ताक्षर अभियान पनि चलाउनुभएको छ । जसलाई राजनीतिक प्रतिशोध भनेर हस्ताक्षर र चन्दा संकलन गर्दै हुनुहुन्थ्यो । तिनै व्यक्तिले बिगो स्वीकार गरेर जमानतमा छुटिपाउँ भनेर निवेदन दिए । म साथीहरुलाई सोध्न चाहन्छु, बिगो स्वीकार गर्ने कुरा आफैंमा अपराधको स्वीकारोक्ति होइन । तपाईको अध्यक्ष र दलले बिगो दिएर अपराध स्वीकार गर्ने तहमा पुगिसकेपछि यो राजनीतिक प्रतिशोध लगाइएको हो भनेर लगाइएको आरोप नाटक हो भनेर प्रमाणित भएन र ?’

बिगो स्वीकार्नु अपराधको समेत स्वीकारोक्ति भएको उल्लेख गर्दै उहाँले राजनीतिक प्रतिशोध गरेको भन्ने आरोप नाटकजस्तै भएको प्रमाणित भएको टिप्पणी गर्नुभयो ।




भर्खरै