२४ श्रावण २०८३, आईतवार
,
Latest
बाँकेको भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो १५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैनः सभापति थापा कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः राजेश हमाल देउवा–ओलीबीच भएको सहमति कार्यान्वयन गर्न खोज्दा प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने प्रश्ताव आयो, हामीले मानेनौँः गगन… प्राप्त अधिकार संस्थागत गर्दै पुस्तान्तरण गर्नुपर्छ : मन्त्री श्रेष्ठ माडी जाने सडकको झाडी फँडानी सुरु, वन्यजन्तु र यात्रुको सुरक्षा बढ्ने अपेक्षा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र सरकारको शासकीय अराजकताबाट मुलुक आक्रान्त भएको छ, सरकार बरालिएर हिँड्योः सभापति थापा लमजुङको ङादीमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारी पूरा नेपालयले ल्यायो २५ वर्षमुनिका ७५ लेखक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागार सुरक्षा र मानव अधिकारको तत्काल ग्यारेन्टी गरियोस्ः सांसद चौधरी



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद रुपा शोशी चौधरीले कैलाली कारागारमा गत शुक्रवार राति भएको झडपको विषयमा जानाजान सरकार मौन बसेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सुरक्षा घेरामा बस्ने बन्दीहरुबीच झडप हुँदासम्म प्रशासन किन मौन बस्यो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सुरक्षा घेराभित्र बस्ने बन्दीहरुको सुरक्षा भएन भने सर्वसाधारणले सुरक्षाको प्रत्याभुति गर्न नसक्ने बताउनु भयो । उहाँले कैलाली कारागारमा भएको घटनाको निष्पक्ष छानविन गरी दोषिमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘सभामुख महोदयमार्फत म गृहमन्त्रीज्युलाई यो घट्नाको निष्पक्ष छानविन गरियोस् भन्न चाहान्छु । दोषिमाथि कारबाही होस् । कारागार सुरक्षा र मानव अधिकारको तत्काल ग्यारेन्टी गरियोस् ।’

उहाँले कारागरा सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न समेत माग गर्नुभयो । कैलाली कारागारमा शुक्रवार राति कैदीबन्दीको आक्रमणमा परेर लागुऔषध मुद्दामा कैद भुक्तान गरिररहेका एक जनाको मृत्यु भएको थियोे भने ४९ जना कैदीबन्दी घाइते भएका थिए ।