२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागार सुरक्षा र मानव अधिकारको तत्काल ग्यारेन्टी गरियोस्ः सांसद चौधरी



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद रुपा शोशी चौधरीले कैलाली कारागारमा गत शुक्रवार राति भएको झडपको विषयमा जानाजान सरकार मौन बसेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सुरक्षा घेरामा बस्ने बन्दीहरुबीच झडप हुँदासम्म प्रशासन किन मौन बस्यो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सुरक्षा घेराभित्र बस्ने बन्दीहरुको सुरक्षा भएन भने सर्वसाधारणले सुरक्षाको प्रत्याभुति गर्न नसक्ने बताउनु भयो । उहाँले कैलाली कारागारमा भएको घटनाको निष्पक्ष छानविन गरी दोषिमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘सभामुख महोदयमार्फत म गृहमन्त्रीज्युलाई यो घट्नाको निष्पक्ष छानविन गरियोस् भन्न चाहान्छु । दोषिमाथि कारबाही होस् । कारागार सुरक्षा र मानव अधिकारको तत्काल ग्यारेन्टी गरियोस् ।’

उहाँले कारागरा सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न समेत माग गर्नुभयो । कैलाली कारागारमा शुक्रवार राति कैदीबन्दीको आक्रमणमा परेर लागुऔषध मुद्दामा कैद भुक्तान गरिररहेका एक जनाको मृत्यु भएको थियोे भने ४९ जना कैदीबन्दी घाइते भएका थिए ।