११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

देउवा–ओलीबीच भएको सहमति कार्यान्वयन गर्न खोज्दा प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने प्रश्ताव आयो, हामीले मानेनौँः गगन थापा

देउवा–ओलीबीच भएको सहमति कार्यान्वयन गर्न खोज्दा प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने प्रश्ताव आयो, हामीले मानेनौँः गगन थापा
अ अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सातवटै प्रदेशमा काँग्रेस, नेकपा (एमाले) र नेकपा मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव पार्टीले अस्वीकार गरेको बताउनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा जारी केन्द्रिय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारबारे ब्रिफिङ गर्दै यस्तो बताउनुभएको हो । उहाँले तत्कालीन काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्षबीच भएको समझदारीअनुसार निश्चित समयपछि काँग्रेस नेतृत्वमा रहेको प्रदेशमा एमाले र एमाले नेतृत्वमा रहेको प्रदेशमा काँग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको र सोही सहमति कार्यान्वयन गर्न खोज्दा एमालेसँग कुरा नमिलेको बताउनु भयो ।

उहाँले प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने कुरा पार्टी, संघीयता र लोकतन्त्रका लागि उपयुक्त नभएको कारण काँग्रेसले अस्वीकार गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी प्रदेशमा सरकारमा छौँ । केही ठाउँमा अहिले छैनौँ । हामी नेकपा (एमाले)सँग एउटा सहमतिमा थियौँ सात वटै प्रदेशमा । मधेस प्रदेशमा विशिष्ट अवस्था थियो । त्यहाँ नेकपा, काँग्रेस र एमालेको संयुक्त सरकार थियो । पहिले आदरणीय नेता शेरबहादुर देउवा पार्टी सभापति हुँदैगर्दा उहाँ र नेकपा (एमाले)का अध्यक्षबीचमा हस्ताक्षर भएर सरकार बन्दैगर्दा खेरी निश्चित समयपछि काँग्रेस भएको ठाउँमा एमाले र एमाले भएको  ठाउँमा काँग्रेसले नेतृत्व गर्ने भन्ने सहमति भएको रहेछ । त्यही समझदारीअनुसार गर्ने भनेर हामीबीच छलफल भयो । उपसभापति विश्वप्रकाश शर्माले त्यो विषयको नेतृत्व गर्नुभएको थियो । तर हामीलाई के प्रश्ताव गरियो भने सबै प्रदेशमा काँग्रेस, एमाले र नेकपा मिलाएर संयुक्त सरकार बनाउनुपर्छ भन्ने प्रश्ताव रह्यो । त्यो प्रश्ताव हामीले मानेनौँ । प्रदेशमा अपोजिशन नै नराखि तीन पार्टी मिलेर सरकार बनाउने कुरा ठिक हुँदैन । यो पार्टीं, संघीयता र लोकतन्त्रको लागिष् पनि ठिक छैन ।’

उहाँले संघीय सरकार र प्रतिपक्ष भुमिकामा रहेको प्रदेश सरकारमा कसरी अघि बढ्ने भन्नेबारेमा समेत छलफल गर्नुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल