११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः राजेश हमाल

कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः राजेश हमाल
अ अ+ अ-

काठमाडाैँ । महानायक राजेश हमालले कलाकारिताका विभिन्न विधाहरूमध्ये हास्य विधा (कमेडी) सबैभन्दा चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
ललितपुरमा आईतवार आयोजित नेपालको पहिलो ‘कमेडी एक्ट’ मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै हमालले मानिसलाई हँसाउनु अत्यन्तै कठिन कार्य भएको उल्लेख गर्नुभयो । हास्य विधामा क्रियाशील कलाकारहरूप्रति आफ्नो उच्च सम्मान रहेको बताउँदै उहाँले यस विधालाई जटिल कलाको रूपमा अथ्र्याउनु भयो । सो क्रममा उहाँले कार्यक्रममा उपस्थित कलाकार रविन्द्र झाको प्रसंग उल्लेख गर्दै हास्य कलाकारहरूको प्रश्तुत गर्ने शैली र शिल्पको प्रशंसा समेत गर्नुभयो । आफू स्वयं हास्य विधासँग सम्बन्धित यस रियालिटी शोको हिस्सा हुन पाएकोमा हमालले खुशी व्यक्त गर्नुभयो ।

‘सुपर कमेडी लिग’ को घोषणासँगै नेपाली मनोरञ्जन क्षेत्रमा यसले नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

अभिनेता रविन्द्र झाले ‘सुपर कमेडी लिग’ लाई आफ्नो लागि एउटा महत्वपूर्ण सिकाईको केन्द्र भएको बताउनु भयो । उहाँले यस कार्यक्रममा आफूले पाएको जिम्मेवारी भन्दा पनि यहाँबाट प्राप्त हुने अनुभव र ज्ञानलाई बढी प्राथमिकता दिने बताउनु भयो । अभिनेता झाले कार्यक्रममा महानायक राजेश हमालको उपस्थितिलाई मुख्य आकर्षणको रूपमा उल्लेख गर्नुभयो । यस लिगमार्फत नयाँ तथा पुराना कलाकारहरूको संगम हुने र सबैबाट केही न केही नयाँ कुरा सिक्न पाइने आशा झाले व्यक्त गर्नुभयो

। यद्यपि, शोको प्राविधिक र अन्य पक्षबारे विस्तृत टिप्पणी गर्न भने केही समय कुर्नुपर्ने उहाँको भनाइ छ । नेपालमा कमेडी विधामा नयाँ प्रयोगका रूपमा हेरिएको यस रियालिटी शोले कलाकारहरूका लागि रचनात्मक प्लेटफर्म प्रदान गर्ने अपेक्षा गरिएको छ । अभिनेतृ सुरक्षा पन्तले टिम क्याप्टेनको रूपमा आफ्नो उपस्थिति रहने जानकारी दिनुभयो ।

अभिनेत्री पन्तले यस शोको अवधारणाले आफूलाई निकै आकर्षित गरेको बताउनु भयो । पारिवारिक र सौहार्दपूर्ण वातावरणमा हेर्न मिल्ने हास्य–व्यङ्ग्यात्मक कार्यक्रमले नेपाली समाजमा छुट्टै पहिचान बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । पन्तकाअनुसार यो शो ओझेलमा परेका प्रतिभाहरूका लागि उत्कृष्ट मञ्च सावित हुनेछ । आफ्नो नयाँ भुमिकाका बारेमा चर्चा गर्दै अभिनेत्री पन्तले क्याप्टेनको जिम्मेवारीलाई एक व्यक्तिगत चुनौतीको रूपमा लिएको उल्लेख गर्नुभयो । कुनैपनि टोलीलाई एउटा निश्चित दृष्टिकोण (भिजन) मा डोहो¥याउँदै उत्कृष्ट प्रदर्शन गराउनु आफ्नो लागि नेतृत्व कौशल सिक्ने एउटा अवसर भएको उहाँको भनाइ छ ।

सामान्यतया पर्दामा गम्भीर चरित्रहरूमा देखिने सुरक्षाले आफू व्यक्तिगत रूपमा कमेडी विधाको ठूलो प्रशंसक रहेको बताउनु भयो । नेपालमा पहिलोपटक शुरु हुन लागेको यो ‘कमेडी एक्ट’ रियालिटी शोले नेपाली हास्य क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल