१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष दाहालद्वारा अन्तरराष्ट्रिय युवा दिवसको शुभकामना



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण युवामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

गरिबी, असमानता, जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौतीबाट पार पाउँदै दिगो विकासका लक्ष्य प्राप्तिमा युवा वर्ग लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । साथै अध्यक्ष दाहालले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा लाग्न युवा जमातलाई आह्वान गर्नुभएको छ ।

माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमिकता दिएको उहाँले शुभकामना सन्देशमा स्मरण गर्नुभएको छ ।