१ भाद्र २०८३, सोमबार
,
Latest
टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै बडीमालिका पूजा आजदेखि प्रारम्भ ‘जनताले अनुभूति गर्ने गरी विकास गर्छौं’ : मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोईत, दाहाल, सुवेदी र थापा राप्रपा नेपालको केन्द्रीय सदस्यमा मनोनित



अ+ अ-

काठमाडौं । राप्रपा नेपाल धनुषा जिल्ला कार्यसमितिको बैठकले देबन गोइतको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति पुनर्गठन गरेको छ ।

जनकपुरमा बसेको बैठकले जिल्ला समिति पुनर्गठन गरेको हो । गोईत पार्टी स्थापना कालदेखिका पुराना कार्यकर्ता हुन् । उनी ०६२/६३ को समयमा धनुषाको पार्टी अध्यक्षको जिम्मेवारीमा थिए ।

यसैगरी केही दिन अघि पार्टी प्रवेश गरेका डा. बालकृष्ण दाहाल, डा. सुदर्शन सुवेदी र अर्थविद प्रकाश थापालाई अध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय सदस्य पदमा मनोनित गरेका छन् ।

डा. दाहाललाई शिक्षा विभागको प्रमुख र डा. सुवेदीलाई प्रशिक्षण विभागको सदस्यको रुपमा जिम्मेवारी दिइएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।