२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाप थेप्न नसकेपछि त्रिभुवन विमानस्थलमा ‘भिजिटर पास’ बन्द !



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ‘भिजिटर पास’ सेवा बन्द गर्ने भएको छ । विमानस्थल कार्यालयले यात्रुहरुलाई पुर्‍याउन जाने आफन्त तथा परिवारजनको संख्या अत्यधिक बढेपछि यात्रुलाई नै बाधा पुगेको भन्दै भोलिदेखि भिजिटर पास बन्द गर्न लागेको हो ।

भिजिटर पास लिनेको भीडले विदेशीने यात्रुलाई विमानस्थलभित्र प्रवेश गर्न, चेकइन काउन्टरमा पुग्न, जहाजसम्म जान ढिलाई हुनेलगायतका समस्या भएपछि बन्द गर्न लागिएको हो । विमान उडानमै असर पर्न नदिन यो निर्णय गरिएको कार्यालयले जनाएको छ ।

भिजिटर पासका लागि अधिकांश पहुँच भएका, उच्च तहका कर्मचारी, सुरक्षा निकाय, राजनीतिक व्यक्तित्व लगायत देशैभरबाट अत्यधिक माग भनसुन हुँदै आउने गरेको थियो । यस्तो अवस्था अन्त्य गर्न अब पास नै बन्द गर्ने निर्णय भएको हो ।

अन्तर्राष्ट्रियतर्फ दैनिक ६ हजार यात्रु बर्हिगमन हुने गरेका छन् । उनीहरुलाई पुर्‍याउने भिजिटरको संख्या दैनिक १२ सयसम्म पुग्ने गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुँदै आएको छ । यो विमानस्थलबाट दैनिक ४५ देखि ५० को हाराहारीमा अन्तर्राष्ट्रिय उडान आवागमन हुन्छन् ।