२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता

बोलबम संस्कृतिले मधेस र काठमाडौंलाई जोडन सफल : प्रभु साह

बोलबम संस्कृतिले मधेस र काठमाडौंलाई जोडन सफल : प्रभु साह
फाइल फोटो
अ अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेसको बोलबम संस्कृतिले मधेस र काठमाडौंलाई जोडन सफल भएको बताएका छन् ।

ओम बोलबम काँवरिया संघ काठमाडौंले आज काठमाडौंको जोरपाटीमा आयोजित ११औँ सत्यनारायण भगवानको पूजामा सहभागि आजपा अध्यक्ष साहले मधेसको बोलबम संस्कृती काठमाडौंमा स्थापित भएको बताए ।

‘शिवको पवित्र धर्ती काठमाडौंमा बोलबम संस्कृति स्थापित भएको छ । तपाईहरु निजि सम्पती खर्च गरेर शिवभक्ती, समाज एवं विश्वको कल्याणमा लाग्नुभएको छ ।

सत्यनारायण, सरस्वती पुजा, छठ पर्व, लक्ष्मी पुजा, विश्वकर्मा पुजा, ब्रह्मबाबाको पुजा तपाई हामीले निजि सम्पती खर्च गरेर पनि धर्मसंस्कृती जोगाउन सफल भएका छौं,’ आजपा अध्यक्ष साहले भने, ‘तर सरकार र राज्य यस बारेमा मौन छ । सरकारी मान्छेहरु चाडपर्वको नाममा १३ महिनाको तलबभत्ता खाएर पनि उनीहरुले संरक्षण गर्न सकेका छैनन् ।’

मधेसमा धुमधामसंग मनाउने बिभिन्न चाडपर्व अहिले काठमाडौंको पवित्र धर्तीमा पनि मनाउन थालिएको बताउदै उनले अब आउने दिनमा मधेसको गाउँ गाउँमा ग्राम देवताको रुपमा पुजा गरिने ब्रह्मबाबाको मन्दिर पनि काठमाडौंमा स्थापना गर्न आवश्यक रहेको बताए ।

काठमाडौंमा ब्रह्मबाबाको मन्दिर नभएको बताउदै मौलापुर नगरपालिकाले काठमाडौंमा ब्रह्मबाबाको मन्दिर स्थापना गर्न खोजेको उनले बताए । ‘हामी सबैको ग्राम देवता, हामीले ग्राम देवताको रुपमा पुजा गर्दै आएको ब्रह्मबाबाको मन्दिर छिटै नै तपाईहरुको साथ सहयोगले काठमाडौं स्थापना हुने विश्वास मलाई छ,’ आजपा अध्यक्ष साहले भने ।

मुलुकमा भ्रष्टाचार, अनियमितता, कर आतंक, लुट बढदै गइरहेको बताउदै उनले भगवान शिवले ति लुटेरा, भ्रष्टाचारीहरुलाई नास गर्ने विश्वास हुने व्यक्त गरे । असत्यमाथि सत्यको सधै बिजयी हुने बताउदै समाजमा बिकृती, विसंगती, आपराध बढदै गए भगवानले उनीहरुको नास गर्दै आएको इतिहास रहेको भन्दै उनले रामायण, महाभारतको स्मरण गरे ।

ओम बोलबम काँवरिया संघ काठमाडौंका अध्यक्ष रामऔतार पंडितको अध्यक्षतामा भएको कार्यक्रममा नारायण सुवेदी, सुभाष साह, विर्सेनप्रसाद कुशवाहा, सुनिल ठाकुर, रन्जु साह, बालकृष्ण सापकोटा, वीरेन्द्र ठाकुर, अर्चना झा, गौरिशंकर साह, रामायण गुप्ता, सुजल लामा लगायतको विशेष सहभागिता रहेको थियो ।