९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त



अ+ अ-

काठमाडौँ। करिब दुईदशकदेखि टेलिभिजन र नेपाली चलचित्रमा माग्ने बुढा पात्रको रुपमा परिचित हुनुहुन्छ केदार घिमिरे । प्रदर्शनको तयारीमा रहेको घिमिरे अभिनित चलचित्र ‘माग्ने राजा’ उहाँको त्यही पात्रको कथाको वृत्तान्त हो ।

अभिनेता तथा हाँस्य कलाकार घिमिरे ‘माग्ने राजा’ चलचित्रमा एउटा सामान्य व्यक्तिले आफूलाई राजा ठानेपछि आउने घटनाक्रमलाई प्रस्तुत गरिएको बताउनुहुन्छ । उक्त चलचित्रको ‘ट्रेलर’ सार्वजनिक भएपछि प्राप्त प्रतिक्रियापश्चात् कलाकार घिमिरेले यस चलचित्रमा मनोरञ्जनसँगै गहन विषय उठान गरिएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “चलचित्रका प्रचार सामग्री हेर्दा रमाइलो मात्र लाग्न सक्छ, तर यसमा सन्देशमूलक कथा छ । यसले हामीलाई मनोरञ्जनात्मक शैलीमै केही सिकाउँछ । यो मेरो ‘माग्ने बुढा’ को पात्रलाई प्रस्ट्याउने चलचित्र बनेको छ ।”

उहाँले चलचित्र आफूमै केन्द्रित रहेको बताउनुभयो । एउटा सामान्य व्यक्तिले पैसा कमाएपछि आउने उतारचढावलाई कलात्मक रुपमा श्रव्यदृश्यमा प्रस्तुत गरिएको निर्माण पक्षत्रले जनाएको छ । उक्त चलचित्रका लेखक सामीप्यराज तिमल्सेनाले चलचित्रमा ‘माग्ने बुढा’ को चरित्रलाई पूर्ण रुपमा प्रस्तुत गरिएको बताउनुभयो ।

“यो माग्ने बुढाको जीवनयात्रा हो भन्दा फरक नपर्ला । किनकि यसमा हामीले उहाँको चरित्रलाई केन्द्रित गरेर कथा तयार गरेका छौँ । कलाकार घिमिरेको उपनामलाई प्रस्ट्याउने चलचित्र हो”, उहाँले भन्नुभयो ।

अभिनेत्री वर्षा सिवाकोटीले कथावस्तु र निर्माण समूहका कारण आफूले चलचित्रमा काम गरेको बताउनुभयो । उक्त चलचित्रका निर्देशक ऋषि लामिछानेले जीवनकालमा हरेक मानिसले भोग्ने हाँसो र रोदनको मिश्रण ‘माग्ने राजा’ मा रहेको बताउनुभयो ।

उक्त चलचित्रलाई दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष समेत रहनुभएका कलाकार मुनाल घिमिरेले निर्माण गर्नुभएको छ । चलचित्र तीजको अवसर पारेर आगामी भदौ ६ गतेदेखि प्रदर्शन गरिने वितरक रोहित कट्टेलले जानकारी दिनुभयो । रासस