१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त



अ+ अ-

काठमाडौँ। करिब दुईदशकदेखि टेलिभिजन र नेपाली चलचित्रमा माग्ने बुढा पात्रको रुपमा परिचित हुनुहुन्छ केदार घिमिरे । प्रदर्शनको तयारीमा रहेको घिमिरे अभिनित चलचित्र ‘माग्ने राजा’ उहाँको त्यही पात्रको कथाको वृत्तान्त हो ।

अभिनेता तथा हाँस्य कलाकार घिमिरे ‘माग्ने राजा’ चलचित्रमा एउटा सामान्य व्यक्तिले आफूलाई राजा ठानेपछि आउने घटनाक्रमलाई प्रस्तुत गरिएको बताउनुहुन्छ । उक्त चलचित्रको ‘ट्रेलर’ सार्वजनिक भएपछि प्राप्त प्रतिक्रियापश्चात् कलाकार घिमिरेले यस चलचित्रमा मनोरञ्जनसँगै गहन विषय उठान गरिएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “चलचित्रका प्रचार सामग्री हेर्दा रमाइलो मात्र लाग्न सक्छ, तर यसमा सन्देशमूलक कथा छ । यसले हामीलाई मनोरञ्जनात्मक शैलीमै केही सिकाउँछ । यो मेरो ‘माग्ने बुढा’ को पात्रलाई प्रस्ट्याउने चलचित्र बनेको छ ।”

उहाँले चलचित्र आफूमै केन्द्रित रहेको बताउनुभयो । एउटा सामान्य व्यक्तिले पैसा कमाएपछि आउने उतारचढावलाई कलात्मक रुपमा श्रव्यदृश्यमा प्रस्तुत गरिएको निर्माण पक्षत्रले जनाएको छ । उक्त चलचित्रका लेखक सामीप्यराज तिमल्सेनाले चलचित्रमा ‘माग्ने बुढा’ को चरित्रलाई पूर्ण रुपमा प्रस्तुत गरिएको बताउनुभयो ।

“यो माग्ने बुढाको जीवनयात्रा हो भन्दा फरक नपर्ला । किनकि यसमा हामीले उहाँको चरित्रलाई केन्द्रित गरेर कथा तयार गरेका छौँ । कलाकार घिमिरेको उपनामलाई प्रस्ट्याउने चलचित्र हो”, उहाँले भन्नुभयो ।

अभिनेत्री वर्षा सिवाकोटीले कथावस्तु र निर्माण समूहका कारण आफूले चलचित्रमा काम गरेको बताउनुभयो । उक्त चलचित्रका निर्देशक ऋषि लामिछानेले जीवनकालमा हरेक मानिसले भोग्ने हाँसो र रोदनको मिश्रण ‘माग्ने राजा’ मा रहेको बताउनुभयो ।

उक्त चलचित्रलाई दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष समेत रहनुभएका कलाकार मुनाल घिमिरेले निर्माण गर्नुभएको छ । चलचित्र तीजको अवसर पारेर आगामी भदौ ६ गतेदेखि प्रदर्शन गरिने वितरक रोहित कट्टेलले जानकारी दिनुभयो । रासस